जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका८ स्थित मोक्षद्वारमा वृक्षारोपण गरिएको छ ।
मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीको जन्मदिवसको अवसरमा वृक्षारोपण गरिएको छ ।
वृक्षारोपण गर्दैै अध्यक्ष चौधरीले वृक्षकै अभावमा जलवायु परिवर्तनमा परेको असरको कारण दिनानुदिन तापक्रममा वृद्धि हुनुका साथै विभिन्न वातावरणीय समस्याहरु बढेर गएको प्रति चिन्ता व्यक्त गरे ।
मानव जगतका लागि वृक्ष प्राणवायु प्रदान गर्ने महत्वपूणर् तत्वको रुपमा रहेकोले वृक्षरोपण गर्नु अहिलेको घनिभूत आवश्यकता रहेको उनले बताए ।
अध्यक्ष चौधरीले जन्मदिनको अवसर होस कि वैवाहिक वर्षगाँठको अबको समयमा यस्ता अवसरलाई वातावरणको लागि योगदान दिने अवसरको रुपमा सदुपयोग गर्न उनले आग्रह गरे ।
कार्यक्रममा बोल्दै वन अधिकृत सुरेश शर्माले वृक्षरोपण गर्नु भनेको प्रकृतिको संरक्षण गर्नु रहेकोले वृक्षरोपणमात्र होइन यसको संरक्षण सम्बद्र्धनमा समेत जोड दिनु पर्ने आवश्यकता औंल्याए ।
कार्यक्रममा तराई मधेश लोकतान्त्रिक पार्टीकी नेेेतृ विभा ठाकुर सफाई अभियानी एवम् नेपाली काँग्रेसका युवा नेता दीपक ठाकुर,जनकपुरधाम उपमहानगरपालिका ८का पूर्व अध्यक्ष रमेश ठाकुर,पत्रकार स्मृति मिश्रा,मिथि फाण्डेशनकी अध्यक्ष रुबि झालगायतका व्यक्तिहरुले आ आफ्नो धारणा राखेका थिए ।
अधिकांश वक्ताहरुले वृक्ष रोपेर मात्र नहुने यसको संरक्षण गर्नु पनि त्यतिक्कै आवश्यकता रहेको बताए ।
Discussion about this post