महोत्तरी । स्व. वि.पि. कोइराला को ४१औ स्मृति दिवस को अवसरमा वृक्षारोपण गरिएको छ ।
नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ धनुषाको संयुक्त आयोजनामा रा.रा.ब क्याम्पस जनकपुरधाम परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
१५० भन्दा बढ़ी बिरुवाहरूको रोपण गरी वृक्षारोपण कार्यक्रम सम्पन्न भएको आयोजकले जानकारी दिएका छन ।
उक्त कार्यक्रममा मधेस प्रदेश सभा सदस्य रामसरोज यादव, जनकपुरधाम उपमहानगरपालिका नगर प्रमुख मनोज साह, नेपाली कांग्रेस जनकपुरधाम उपमहानगरपालिका नगर उपसभापति राकेश बिक्रम शाह लगायत तरुण दल धनुषा, नेपाल विद्यार्थी संघ धनुषा र स्ववियु का सम्पूर्ण कार्यसमितिको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया !