जनकपुरधाम । मंगलम डाइगनोष्टिक सेन्टर जनकपुरधाममा पुनः निःशुल्क स्वास्थ्य शिविर संचालन गर्न लागेको छ ।
विगत १ दशक देखि सेवा दिदै आइरहेका मंगलम जनकपुर शाखाले शनिबारलाई छुट्टीको दिनमा बिरामीहरुलाई अझ राम्रोसंग सेवा प्रदान गर्ने लक्ष्य राखेकोले सो शिविर संचालन गर्न लागेको जनाइएको छ ।
मंगलमले आफ्नो भवनमानै शिविर संचालन गरेर मधुमेह र थाइराइडको निःशुल्क जाँच गर्ने मंगलम डाइग्नोष्टिक सेन्टरका एमडी अर्थ जानकारी दिए ।
पर्साको वीरगञ्जमा डाक्टर र बिरामीहरूको पहिलो रोजाइ बनेको ल्याब मंगलमले जनकपुरधाममा शाखा विस्तार गरेपछि स्थानीय जनकपुरबासी पनि उत्शाहीत देखिएसंगै धन्यवादसमेत दिने गरेका छन् ।
हामी यहां आएपछि अब समय र पैसा दुबैको वचत मात्र हुने होइन जांचको गुणस्तरियतामाथि अब प्रश्न न उठ्ने अर्थको तर्क छ ।
ठाकुर भन्छन्,’ शनिवार बिहान ७ बजे देखि १० बजेसम्म संचालन हुने शिविरमा थाइराइड र मधुमेहको निःशुल्क जांच गर्नुको साथै अन्य जांचमा २० प्रतिशत छुट दिने छौ ।
यस मंगलम डाइगनोष्टिक सेन्टरमा बिरामीहरुका लागि निधारण गरिएको मूलयसूची यस प्रकार रहेको छ ।
तपाईको प्रतिक्रिया !