जनकपुरधाम । जनकपुरधामका चर्चित युवा नेता सरोज कुमार मिश्रले जानकी मन्दिर परिसरभित्र रहेको जानकी फूलबारीबारे टिकटोकमा आफ्नो आवाजले भिडिओ राखेका थिए।

त्यस्पश्चात , सिडिओ पौराणिक फूलबारी बनाइने बताएका छन् । धनुषाका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले फूलबारीमा एक्सन लिँदै पौराणिक फूलबारी बनाउने उदघोष गरेका छन्।

धनुषा आएलगत्तै जनकपुरधाम सरसफाइमा जुटेका सिडिओ दाहालले ऐतिहासिक जानकी फूलबारीमा जानकी मन्दिरका महन्थ राम तपेश्वर दासले तरकारी बारी लगाएपछि न्यूज ब्यूरोले समाचार प्रकाशित गरेको थियो ।

सामाजिक सञ्जालमा जानकी मन्दिरको मर्यादासंग खेलवाड गरिएको बारे भिडिओ मिश्रले बोलेका थिए त्यसपछि सिडिओ दाहालले एक्सन लिएका छन् ।

सिडिओ दाहालले आगामी शुक्रबार आ–आफ्नो घरबाट कुनै पनि फूलको एक एक बोट लिएर रोपिदिन आग्रह समेत गरेका छन् ।

धार्मिक एवं सांस्कृतिक फूलबारीलाई सौन्दर्यीकरण एवं संरक्षण गर्न विभिन्न सरकारी एवं गैरसरकारी संघ, संस्था एवं समुहहरुलाई आग्रह गरेका छन् ।

सो क्रममा जनकपुरधामका मेयर मनोज साह, नागरिक समाजका अगुवा मुरली मनोहर मिश्र, पर्यावरण अभियानी, धार्मिक आस्थाका अभियानी लगायत प्रशासनीक निकायका व्यक्तित्वहरु उपस्थिति जनाएका थिए ।