जनकपुरधाम । बाल्यकाल देखी नै कलाकारका रुपमा परिचित पत्रकार घनश्याम मिश्र दिपक रौनियारको निर्देशनम बन्न लागेको पुलिस थ्रीलर फ़िल्म राजागंजमा मुख्य भूमिकामा देखिने छन ।
बांसुरी र आदिफ़िल्म निर्माण कम्पनीले बनाउन लागेको राजागंजको छायांकन अहिले जनकपुरको बिभिन्न स्थानमा हुंदै छ । पत्रकार मिश्र चर्चित फिल्म निर्देशक रौनियारले निर्माण गरेका प्रायः सबैजसो फ़िल्ममा कुनै न कुनै भूमिकामा निर्वाह गर्दै आएका छन।
रौनियारको पछिल्लो चर्चित फिल्म व्हाइट सन (सेतो सूर्य) मा समेत अभिनय गरि सकेका छन। कान्स र किम्फमा समेत आफ्नो स्थान बनाई सकेको रौनियारको शार्ट मूवी चौकठमा पनि घनश्याम अभिनेताको रुपमा अब्बल अभिनय गरेका छन ।
बीबीसीको पूजा नामक टेलीफिल्म लगायत रौनियारले निर्देशन गरेका प्रायः सबै फ़िल्ममा ऊनि काम गरेका छन। बाल्यकाल देखी नै बांसुरी बनाउन माहिर घनश्यामको पहिलो फ़िल्म अशोक शर्माको नेपाली सिनेमा सीता रहेको छ । ऊनि ठुलो पर्दामा काम गरेको पहिलो फ़िल्म सीता नै रहेको स्वयं पत्रकार घनश्याम भन्छन, ‘ दिपक दाई संग काम गर्नु मेरो सौभाग्यको कुरा हो ।’
यस क्षेत्रमा सामाजिक सञ्जालमा समेत आफ्नो राम्रो उपस्थिति बनाई सकेका मिश्र नेपालका स्टार कलाकार मदन कृष्ण श्रेष्ठ , हरिवंश आचार्य, भूषण दाहाल, नीर साह, सुनील मिश्र, मदन ठाकुर लगायत दर्जनों वरिष्ठ कलाकार तथा फ़िल्म निर्देशक संग काम गरेका छन । मैथिलिको चर्चित भिडिओ एल्बम ‘गीत घर-घरके’को डोमकछ र जटजटीन जस्तो लोकप्रिय गीतमा नृत्य र अभिनय गरेका छन ।
अहिले पत्रकार मिश्र राजागंज फ़िल्ममा व्यस्त छन। राजागंज फ़िल्मको शूटिंग धनुषा , महोत्तरी र मोरंगमा हुने छ । धनुषाको जनकपुरधाम आसपासको क्षेत्रमा बढ़ी छायांकन हुने निर्माण कम्पनीका मनीराम पोखरेलले जानकारी दिए ।
फिल्मलाई अमेरिकी सिनेम्याटोग्राफर सेल्दन चाउले निर्देशन गरिरहेका छन् । यो उनको दशौं फिल्म हो । उनले खिचेका फिल्महरु कान्स, लोकार्नो, सनडान्स, टोरन्टो र भेनिस फेस्टिभलमा प्रदर्शन भइसकेका छन् । उनले खिचेको ‘नाफिज फादर’ले लोकार्नोमा शीर्ष पुरस्कार जितेको थियो भने सेनेगलको फिल्म ओस्कारमा पुगेको थियो ।
‘राजागञ्ज’ समयविरुद्धको कथा (रेस अगेन्स्ट टाइम) पुलिस थ्रिलर फिल्म हो । फ़िल्ममा दयाहांग राई, पूर्व मिस नेपाल निकिता चंडक, आशा मगराती, घनश्याम मिश्र, पुष्पा यादव,आरती मण्डल, पशुपति राई, परमेश झा, विजय खनाल लगायत अभिनय गर्दै छन ।
Discussion about this post