MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

उद्धव थापा नै बने फेरि कोशीका मुख्यमन्त्री

माधेशटप माधेशटप
२०८० श्रावण १६, मंगलवार १८:०९
उद्धव थापा नै बने फेरि कोशीका मुख्यमन्त्री

विराटनगर । अदालतको आदेशपछि २२ दिनमै पदमुक्त बनेका कोशी प्रदेश नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापा पदमुक्त बनेको ६ दिनपछि फेरी मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

काँग्रेसका कोशी प्रदेश सभापति समेत रहेका उद्धव थापा एक महिनाको बीचमै दोश्रो पटक कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । काँग्रेसबाट दोस्रो पटक, कोशी प्रदेशको छैटौँ र प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो मुख्यमन्त्रीको रुपमा थापा नियुक्त भएका हुन् ।

यसअघि एमालेबाट पहिलो पटक शेरधन राई, दोस्रो पटक भीम आचार्य, तेस्रो पटक एमालेबाट विभाजित बनेको नेकपा (एकीकृत समाजवादी)का राजेन्द्रकुमार राई, चौथोपटक एमालेका हिकमतकुमार कार्की, पाँचौँ पटक थापा आफैँ मुख्यमन्त्री बनेका थिए । केन्द्रीय सत्ता बाँडफाँडमा देखिएको अस्थिरताको कारण प्रदेशसभाको दोस्रो कार्यकालमै तेस्रो मुख्यमन्त्री बनेका थापा प्रदेशको छैटौँ मुख्यमन्त्री बनेका हुन् ।

थापाको पहिलो कार्यकाल २२ दिनको मात्रै रह्यो । उनले विश्वासको मत लिने समय (३०) दिन कटाउन पनि पाएनन् । अघिल्लो पटक मुख्यमन्त्रीमा नियुक्त भएका थापाले सभामुखको भूमिकामा रहेका बाबुराम गौतमको छुट्टै समर्थनको हस्ताक्षर लिएर प्रदेश प्रमुखसमक्ष दाबी प्रस्तुत गरेका थिए । सोही आधारमा नियुक्ति भएका उनको नियुक्ति प्रक्रिया रद्द गर्नुपर्ने माग गर्दै एमाले संसदीय दलका नेता हिकमतकुमार कार्कीले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए । सोही मुद्दामा अन्तिम आदेश दिँदै सर्वोच्चले थापाको मुख्यमन्त्री नियुक्ति खारेज गरेको थियो ।

दोस्रो पटकमा भने काँग्रेस नेता थापाले सभामुख बाबुराम गौतमलाई राजीनामा गराउँदै ४७ सांसदको दाबी प्रस्तुत गरेका हुन् । थापाले काँग्रेसका २९, माओवादी केन्द्रको १३, नेकपा (एकीकृत समाजवादी)को ४ र जसपाको १ सांसद सहित ४७ सांसदको समर्थन पाएका छन् । प्रदेशसभामा ९३ सांसद रहेका छन् । जसको बहुमतसंख्या ४७ हो । प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकारको दाबी पेस गर्न आजै ५ बजेसम्मको समय दिएका थिए ।

थापाको राजनीतिक जीवनी

२०१४ मङ्सिर १५ गते झापाको अर्जुनधारा ४ शनिश्चरेमा बुबा हेमबहादुर थापा र आमा डम्बरकुमारी थापाको कोखबाट जन्मिएका उनले अहिलेसम्म विभिन्न आरोह अवरोह पार गरेका छन् । उनको श्रीमती भगवती थापा र दुई जना छोराहरू छन् ।

२०३४ सालमा काठमाडौँको शङ्करदेव क्याम्पसबाट नेविसंघको राजनीति सुरु गरेका थापा २०३६ सालको जनमत सङ्ग्रहमा बहुदलीय व्यवस्थाको पक्षमा र निरङ्कुश पञ्चायती व्यवस्थाको विरुद्धमा प्रचार अभियानमा लागेका थिए । त्यसबेला थापा बीपी कोइरालाको सुरक्षा दस्तामा सहभागी थिए ।

२०४६ सालमा पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा पनि सहभागी भएका थापा प्रजातन्त्रको पुनःस्थापनापछि भने काँग्रेसको स्थानीय समितिमा रहेर काम गरे । उनले काँग्रेसको अर्जुनधारा गाउँ समितिको सचिव र सभापति, झापा क्षेत्र नम्बर २ को क्षेत्रीय सभापति, झापा जिल्ला सचिव, उपसभापति र दुई कार्यकाल जिल्ला सभापतिको जिम्मेवारी पनि सम्हालेका थिए । २०६२/०६३ सालको जनआन्दोलनको समयमा उनी एक पटक १२ दिन र एक पटक १६ दिन तत्कालीन शाही सेनाको हिरासतमा परेर चरम यातना खेपेका थिए । २०६३ सालपछि उनले ३ वर्षसम्म जिल्ला समन्वय समितिको सर्वदलीय संयन्त्रको सदस्य भएर काम गरे ।

उनले २०७० साल र २०७४ सालको निर्वाचनमा भने एमालेका उम्मेदवारबाट पराजित हुनुपरेको थियो । २०७० सालमा एमालेका प्रेम गिरी र ०७४ सालमा एमालेकै पवित्रा खरेलसँग प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरेका थापा दुवै पटक पराजित बनेका हुन् । उनी काँग्रेसको १३ औँ महाधिवेशनबाट भने कोशी प्रदेश सभापतिमा निर्वाचित भए । उनले प्रदेश सभापतिमा काँग्रेसका चर्चित नेता गुरुराज घिमिरेलाई २ मतले पराजित गरेका थिए ।

काँग्रेस नेता कृष्णप्रसाद सिटौलानिकट रहेर प्रदेश सभापतिमा विजयी भएसँगै थापाको राजकीय भूमिकामा देखा पर्ने बाटो खुल्यो । उनले २०७९ सालको प्रदेशसभा निर्वाचनमा काँग्रेसबाट समानुपातिक बन्द सूचीमा खसआर्यतर्फ पहिलो नम्बरमा नाम राख्न सफल भए । उनै थापा समानुपातिक कोटाबाट सांसद बने । कोशी प्रदेशसभा २०७९ साल माघमा भएको काँग्रेस संसदीय दलको निर्वाचनमा उनले संस्थापन पक्षको उम्मेदवार बन्दै इतर पक्षका केदार कार्की र अमृत अर्याललाई पराजित गरेका थिए । २९ सांसद रहेको काँग्रेस संसदीय दलमा थापाले १८ मत ल्याएका थिए । योसँगै दलको नेता बनेका उनी प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको ७ महिनाको अवधिमा सहयात्री दलहरू माओवादी, नेकपा एस र जसपाको सहयोगमा दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त हुन सफल भए ।

थापाको मुख्यमन्त्रीको रूपमै हुने सत्ता यात्रा भने त्यति सहज देखिँदैन । उनले ३० दिनपछि विश्वासको मत लिनु नै फलामको च्यूरा चपाउनु सरह हुनेछ । किनकि सत्ता गठबन्धनले सभामुखलाई राजीनामा गराएर बहुमत पुर्‍याएजस्तै एमालेले उपसभामुखको राजीनामा गराएको खण्डमा सभा सञ्चालन ज्येष्ठ सदस्यले गर्नुपर्नेछ । ज्येष्ठ सदस्य गठबन्धनकै गयानन्द मण्डल रहनेछन् । उनले सभा सञ्चालन गरेको अवस्थामा बराबर बाहेक मत दिन नपाउँदा मुख्यमन्त्री थापाले ४६ मत मात्रै पाउने देखिन्छ । उक्त अवस्थालाई चिर्नका लागि पालो राप्रपाको साथ लिनुपर्ने देखिन्छ । जुन कठिन छ । यहीबीचमा उनले प्रदेशसभामा यसअघि प्रस्तुत भएको बजेट अध्यादेश पारित गर्नु वा प्रतिस्थापन विधेयक ल्याउनु पर्ने चुनौती पनि रहेको छ । वाणिज्य शास्त्रमा स्नातकसम्मको अध्ययन गरेका थापा समन्वयकारी भूमिकामा रहन आफूलाई रुचाउँछन् ।

तपाईको प्रतिक्रिया !

Related Posts

मधेश सबै क्षेत्रमा पछाडि छ : स्वास्थ्यमन्त्री सिंह

मधेश सबै क्षेत्रमा पछाडि छ : स्वास्थ्यमन्त्री सिंह

प्रचार विभावको संयोजकमा दीपक

प्रचार विभावको संयोजकमा दीपक

कण्टीर झा नमूनाको निर्वाचन शान्तिपूर्ण रूपमा  सम्पन्न

कण्टीर झा नमूनाको निर्वाचन शान्तिपूर्ण रूपमा  सम्पन्न

महोत्तरीको दनौलीमा दुई समूहबीच कुटाकुट एक जना  गम्भीर घाइते

महोत्तरीको दनौलीमा दुई समूहबीच कुटाकुट एक जना गम्भीर घाइते

मन्त्री साहलाई गृहनगरमा भव्य स्वागत

मन्त्री साहलाई गृहनगरमा भव्य स्वागत

‘लम्पी स्किन रोग नियन्त्रणमा आएको छ’

‘लम्पी स्किन रोग नियन्त्रणमा आएको छ’

ताजा खबर

मधेश सबै क्षेत्रमा पछाडि छ : स्वास्थ्यमन्त्री सिंह

मधेश सबै क्षेत्रमा पछाडि छ : स्वास्थ्यमन्त्री सिंह

प्रचार विभावको संयोजकमा दीपक

प्रचार विभावको संयोजकमा दीपक

resmi site Mostbet Türkiye kumarhanesine giriş Mostbet resmi aynasından para için çevrimiçi oynayın, kayıt olu

‘मैथिली भाषा सङ्कटमा’

अभिवादन

कण्टीर झा नमूनाको निर्वाचन शान्तिपूर्ण रूपमा  सम्पन्न

कण्टीर झा नमूनाको निर्वाचन शान्तिपूर्ण रूपमा  सम्पन्न

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति

© 2020 Madheshtop