जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–३ स्तिथ राष्ट्रिय आधारभूत विद्यालयमा नवनिर्मित संरचनाको उद्घाटन गरिएको छ ।
राष्ट्रिय आधारभूत विद्यालयले आयोजना गरेको सामाजिक लेखा परीक्षण तथा विद्यालयमा नवनिर्मित सरंचनाको समुद्घाटन कार्यक्रममा विद्यालयको नवनिर्मित सरंचना निर्माणमा भएको खर्च विवरण सार्वजनिक गर्दै पिपरा गाउपालिका –३ का वडाध्यक्ष वैद्यनाथ चौधरी द्वारा नवनिर्मित संरचनाको उद्घाटन गरिएको छ ।
रतौली युवा क्लब र पिपरा गाउँपालिका–३ वडा कार्यालयको आर्थिक सहयोगमा उक्त सरंचनाको निर्माण सम्पन्न गरिएको छ ।
१३ लाख ३४ हजार ४८ को कुल खर्चमा रतौली युवा क्लबले १२ लाख ७४ हजार ६ सय ८४ र वडा बाट ५९ हजार ३६४ भुक्तानी हुने जनाइएको छ ।
खानेपानी, हैंडवास स्टेशन, शौचालय निर्माण, रंगरोगन, विद्यालय परिसर तारबारलगाइ विद्यायलयको छाणा स्तरोन्नति गरिएको छ ।
वडामा एकमात्र आधारभूत विद्यालयको स्तरोन्नतिसहित विद्यालयलाई निमावि स्तरको बनाउन आवश्यक पहल भइरहेको बताउँदै यसका लागि सम्बन्धित निकायसँग पहल गर्ने वडाध्यक्ष किशोरी अधिकारीले प्रतिबद्धता व्यक्त गरेका छन् ।
विद्यालयमा पठन÷पाठनको अवस्था सुदृढ रहे पनि भौतिक रूपले विद्यालयको अवस्था अनुकूल नभएकोले विद्यार्थी संख्यामा कमी आउँदै गरेको समस्या बताएका प्रधानाध्यापक तेज नारायण यादवले अव विद्यायलयमा लगभग ३०० छात्र÷छात्रा रहेको र अहिले विद्यायलयमा ७५% विद्यार्थीको उपस्थिति हुँदै आएको बताएका छन् ।
यता विद्यालयका लागि आवश्यक रहेको भौतिक सरंचना निर्माणका लागि गरिनुपर्ने कार्यका लागि आफू प्रतिबद्ध रहेको बताउँदै शैक्षिक सामग्रीलगायतका अन्य आवश्यकताको पूर्तिका लागि आफूले हुनसक्ने हरेक सम्भव सहयोग गर्ने रतौली युवा क्लबका कार्यकारी निर्देशक वैधनाथ चौधरीले बताएका छन् ।
Discussion about this post