MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

इलाका प्रशासन कार्यालय ढल्केवरमा स्थापना गर्न माग

मधेशटप by मधेशटप
२०८० श्रावण १८, बिहीबार १७:५९
0
इलाका प्रशासन कार्यालय ढल्केवरमा स्थापना गर्न माग

जनकपुरधाम । धनुषाको ढल्केवरमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरिएको छ । स्थानीय अभियन्ताहरुले ढल्केवर विकास संघर्ष समिति गठन गरेर इलाका प्रशासन कार्यालय स्थापनाका लागि पहलकदमी लिएका हुन् ।

बिहीवार ढल्केवर विकास संघर्ष समितिका संयोजक फुलगेन महतो९मगही०को नेतृत्वमा पुगेका टोलीले ढल्केवरमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गर्दै धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई ज्ञापनपत्र बुझाएका छन् ।

ढल्केवर भेगका नागरिकहरुलाई जिल्ला प्रशासन कार्यालय धनुषा जनकपुरबाट प्रदान गरिने सेवा जनताको घरदैलोमै सरल, सहज, सुलभ, झन्झटरहित एवं गुणस्तरीय तवरले पुर्याई संघीयताको धारातलीय अनुभूति अन्तर ह्रदयबाटै गराउने ध्येयले इलाका प्रशासन कार्यालय ढल्केवर स्थापना गरिदिन र सोको लागि नेपाल सरकार गृह मन्त्रालयमा समेत आवश्यक समन्वय, पहल तथा सहजीकरण गरिदिन ज्ञापनपत्रमा माग गरिएको छ ।

अहिले मिथिला नगरपालिका, बटेश्वर गाउँपालिका, गणेशमान चारनाथ नगरपालिका लगायत यस भेगका नागरिकलाई नागरिकता, राहदानी, शान्ति सुरक्षाको प्रत्याभूति, विभिन्न सिफारिस लगायत आम जनताको दैनिक जीवनसँग प्रत्यक्ष एवं परोक्ष रुपमा सरोकार राख्ने विविध प्रशासनिक कार्यका लागि लामो दुरीको यात्रा गरेर जनकपुर धाउनैपर्ने बाध्यता रहेको समितिका संयोजक फुलगेन महतो९मगही०ले बताए ।

‘सबै नागरिकलाई जनकपुरधाम पुगी सेवा लिने हैसियत छैन । विचौलियामार्फत मात्र चाँडो सेवा लिन सकिने अवस्थाको सामना गर्नुपरेको छ । आर्थिक रुपमा क्षति व्यहोर्नुपर्ने बाध्यता छ । हालै मात्र जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता प्राप्तिका लागि झेल्नुपरेको सास्ती ज्वलन्त उदाहरण हो,’ प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ज्ञापनपत्रमा उल्लेख छ ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले इलाका प्रशासन कार्यालय स्थापनाको प्रयास सराहनीय रहेको बताए । ‘यो माग अहिलेको आवश्यकता हो । यस विषयमा गृहमन्त्री र सचिवज्यूलाई पनि अवगत गराएको छु’ उनले भने, ‘यो मागमा म पूर्ण सकारात्मक छु । यसका लागि सबैले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्छ ।’

ज्ञापनपत्र बुझाउन संघर्ष समितिका पदाधिकारीहरुसँगै मिथिला उद्योग वाणिज्य संघ ढल्केवरका उपाध्यक्ष सन्तोषकुमार महतो, व्यापारी, सञ्चारकर्मी र स्थानीय अभियानकर्ताको टोली जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

Previous Post

आँखा अस्पतालमा लाखौँको अनियमितता, मेसुको निर्देशनमा स्टोरमा दाखिला अगावै गायब

Next Post

ग्रुपद्वारा फूलबारीमा वृक्षरोपण

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०८० श्रावण १८, बिहीबार १७:५९
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०८० श्रावण १८, बिहीबार १७:५९
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०८० श्रावण १८, बिहीबार १७:५९
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०८० श्रावण १८, बिहीबार १७:५९
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०८० श्रावण १८, बिहीबार १७:५९
बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ
समाचार

बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ

२०८० श्रावण १८, बिहीबार १७:५९

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति