MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

आँखा पाक्ने समस्‍या बढेपछि विद्यालय बन्द

एक साताका लागि पठनपाठन बन्द गर्न निर्देशन दिएको छ

मधेशटप by मधेशटप
२०८० श्रावण १९, शुक्रबार १८:०१
0
आँखा पाक्ने समस्‍या बढेपछि विद्यालय बन्द

स्मृति मिश्र,

धनुषा, साउन १९ गते । आँखा पाक्ने रोगबाट धेरै सङ्ख्यामा विद्यार्थी प्रभावित हुन थालेपछि जनकपुरधाम उपमहानगरपालिका कार्यालयले नगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई एक साताका लागि पठनपाठन बन्द गर्न निर्देशन दिएको छ । आँखा पाक्ने रोगबाट सम्भावित जोखिम न्यूनीकरणका लागि विद्यालय बन्द गर्न र सामाजिक दूरी कायम गर्न सुझावसहितको निर्देशन उपमहानगर कार्यालयले शुक्रबार दिएको हो ।

केही दिनयता जनकपुरधाममा आँखा पाक्ने रोगबाट प्रभावित हुनेहरूको सङ्ख्या बढेको छ । जसमा विद्यालयका छात्रछात्रा बढी छन् । सङ्क्रमित विद्यार्थीमा आँखा पोल्ने, बिझाउने, आँसु धेरै आउने, आँखा रातो देखिने, सुन्निने जस्ता लक्षण देखिएको जनकपुरधामस्थित सङ्कटमोचन माविका प्रधानाध्यापक बलराम साहले बताउनुभयो ।

आँखामा सुक्ष्म जीवाणुहरू ब्याक्टेरिया, भाइरस र प्रटोजोलसँगै एलर्जी, धुलोधुवाँका असर, रासायनिक कुरा आँखामा पर्दा आँखा पाक्ने रोगबाट व्यक्ति प्रभावित हुने चिकित्सकहरू बताउँछन् । पछिल्लोपटक जनकपुरधाममा देखिएको आँखा पाक्ने प्रकोपलाई उपमहानगरपालिका कार्यालयको स्वास्थ्य शाखाले भाइरल कन्जन्टिभाइटिस भनिएको छ ।

आँखा पाक्ने रोग सङ्क्रमितको आँसुबाट सर्ने र विद्यार्थीहरू समूहमा अध्ययन गर्ने हुँदा यस रोगको बढी जोखिममा तिनीहरू पर्ने गरेको मधेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.राजीव झाले बताउनुभयो । सङ्क्रमित व्यक्तिले आँखा नछुने र छोएपछि साबुन पानीले हात धुने, स्यानिटाइजर प्रयोग गर्ने जस्ता सतर्कता नअपनाउने गरेकाले एकपछि अर्कामा सङ्क्रमण फैलिँदै गएको छ ।

“आँखा जुधेपछि यो सर्ने भन्ने हल्ला व्यापक भएको छ, “यो झुटा र भ्रामक कुरा हो,” डा.झाले भन्नुभयो ।

सङ्क्रमित व्यक्तिले आँखा नछुने र छोएपछि गर्नुपर्ने सरसफाइमा विद्यार्थीले हेलचेक्रयाइँ गर्दा सङ्क्रमण तीव्र गतिले फैलिएको ठहरपछि उपमहानगर कार्यालयले सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्न निर्देशन दिएको छ । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले आँखा पाक्ने रोग आवश्यक सतर्कतापछि सामान्यतया केही दिनभित्र आफैँ निको हुने र सामाजिक

दूरी कायम गर्दा संक्रमणको शृंखला टुट्ने भएकाले एक साता विद्यालय बन्द गराउनुपरेको बताउनुभयो ।

जनकपुरधामस्थित श्रीजानकी आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा.आशीष बोहोराले अन्य दिनमा हाराहारी छसय जति आँखाका रोगी उपचारका लागि अस्पतालको बहिरङ्ग विभागमा आउने भएपनि आँखा पाक्ने रोगका कारण केही दिनयता बिरामीको सङ्ख्या हवात्तै बढेर करिब ११ सय पुगेको जानकारी दिनुभयो । उहाँले आँखा पाक्ने रोगका कारण आँखामा दीर्घकालीन गम्भीर क्षति नपुग्ने र चारपाँच दिनमा निको हुने हुँदा संक्रमण फैलिन सक्ने कुरालाई ध्यानमा राखी बढी भिड हुने अस्पतालहरूमा अत्यावश्यक नहुँदा बिरामीलाई नजान सल्लाह दिनुभयो ।

सङ्क्रमणमा परेकाहरूका आँखा बिहान उठ्दाखेरि टाँसिन सक्ने सामान्य दिनभन्दा बढी चिप्रा लाग्ने समस्या पनि हुनसक्ने चिकित्सकहरू बताउँछन् । आँखा पाक्ने रोगबाट आँखाको झिल्लीजस्तो तहमा असर पार्ने हुँदा चिकित्सक वा विशेषज्ञको सल्लाहअनुसार मात्र औषधि प्रयोग गर्नुपर्ने उहाँहरूको भनाइ छ । डा.बोहोराले संक्रमित व्यक्तिको आँखा दुख्ने र आँसु आइरहने हुँदा बरफबाट आँखा सेक्न र कालो चश्मा लगाउन सुझाउनुभयो ।

Previous Post

ग्रुपद्वारा फूलबारीमा वृक्षरोपण

Next Post

जनकपुरमा खानेपानीको हाहाकार

Related Posts

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित
Banner News

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित

२०८० श्रावण १९, शुक्रबार १८:०१
मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०८० श्रावण १९, शुक्रबार १८:०१
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०८० श्रावण १९, शुक्रबार १८:०१
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०८० श्रावण १९, शुक्रबार १८:०१
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०८० श्रावण १९, शुक्रबार १८:०१
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०८० श्रावण १९, शुक्रबार १८:०१

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति