MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

मुख्य न्यायधिवक्ताले यादव उपर यौन दुर्व्यवहार गरेको आरोप

मधेस प्रदेशका मुख्य न्यायधिवक्तामाथि कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप

मधेशटप by मधेशटप
२०८० श्रावण १९, शुक्रबार १९:२५
0
मुख्य न्यायधिवक्ताले यादव उपर यौन दुर्व्यवहार गरेको आरोप

जनकवुरधाम । मुख्य न्यायधिवक्ता ठाकुरले मधेस आन्दोलनका सहिद रामविवेक राउतकी धर्मपत्नी अनिला कुमारी यादव उपर यौन दुर्व्यवहार गरेको आरोप लागेको हो ।

कार्यालय स्थापनाकालदेखि नै मुख्य न्याधिवक्ता कार्यालयमा कार्यरत उनले मुख्य न्यायधिवक्ता ठाकुरले आफूलाई पटक–पटक दुर्व्यवहार गर्दै मानसिक यातना दिएको बताएकी छिन् ।

‘मधेस प्रदेश सरकारको कानुनी सल्लाहकार मुख्य न्यायधिवक्ताको कार्यालयमा विगत ६ वर्षदेखि कार्यरत छु,’ उनले भनिन्, ‘तर ठाकुर सरले मलाई जहिल्यै गलत नजरले हेर्नुहुन्छ ।’

उनीले अगाडि भनिन्, ‘मलाई मुख्य न्याधिवक्ता सरले फेस ठिक गरेर कार्यालयमा आऊ । फेसमा स्माइल ल्याऊ भन्नु हुन्छ । फेसमा स्माईल ल्याएनौ भने काम गर्न नआउनु भनेर भन्नुहुन्छ ।’

उनले दुःखेसो पोखिन्, ‘मुख्यमन्त्री सरलाई एक पटक मौखिक रुपमा भन्दा म उसलाई सम्झाउँछु भन्नुभयो । तर, फेरि म माथि त्यस्तै व्यवहार भयो ।’

त्यस्तै व्यवहार रहेपछि उनले यही साउन १४ मा मुख्यमन्त्रीलाई लिखित रुपमै मुख्य न्यायधिवक्ताविरुद्ध निवेदन दिन गइन् । तर पुनः मुख्यमन्त्रीले म सम्झाउँछु भन्दै निवेदन दर्ता नगरी उनलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट फर्काए ।

साउन १२ गते कार्यालय समयपछि आफ्नो कार्यकक्षमा बोलाएर मुख्य न्याधिवक्ता ठाकुरले मैले भनेको नमानेको खण्डमा कुनै पनि हालतमा करारको म्याद नथप्ने भनेर भनेको कार्यालय सहयोगी यादवले बताइन् ।

यता मुख्य न्यायधिवक्ता वीरेन्द्र कुमार ठाकुरले आफूमाथि लगाएको आरोप निराधार रहेको बताए । उनले भने, ‘एकचोटी मैले सर्वोच्च अदालतको महत्त्वपूर्ण कागजात उनलाई राख्न दिएको थिएँ । तर, उनले हराइदिइन् । त्यसपछि मैले कराएपछि उनले म माथि यस्तो आरोप लगाएको हो ।’

उता मुख्यमन्त्री सरोजकुमार यादवले सहिद परिवारलाई प्रदेश सरकारले दिएको जागिर कसैले भन्दैमा नखोसिने बताए । उनले सहिद परिवारलाई प्रदेश सरकारले सम्मानका साथ उच्च प्राथमिकतामा राखेको बताए ।

मुख्यमन्त्री यादवले भने, ‘दुवै पक्षलाई पालो पालो बोलाएर, त्यस कार्यालयका अन्य कर्मचारीहरुसँग र त्यसपछि दुबैजनासँग पनि कुरा गरेर दोषी मुख्य न्यायधिवक्ता भए उनैलाई नभए गल्ती गरेको पाइएमा सहिद परिवारलाई पनि कारबाही गरिनेछ ।’

यसअघि लालबाबु राउत नेतृत्वको प्रदेश सरकारले मधेस आन्दोलनका सहिद परिवारका एक एक जना सदस्यलाई प्रदेश सरकार र सो अन्तर्गतका कार्यालयमा जागिर दिने निर्णय गरेको थियो । सोही निर्णयअनुरुप अनिलालाई कार्यालय सहयोगी पदमा त्यसबेला नियुक्ति दिइएको थियो ।

सहिद रामविवेककी पत्नी अनिलाको एउटा छोरा छ । छोरा ७ महिनाको पेटमै हुँदा रामविवेकको २०७२ साल भदौ २३ गते अधिकारको लागि गरिएको मधेस आन्दोलनको बेला प्रदर्शनको क्रममा प्रहरीको गोली लागि मृत्यु भएको थियो ।

mm

Previous Post

संचालक र प्यावसनका नेता पक्राउ

Next Post

सुख्खा क्षेत्र घोषणाको माग गर्दै ज्ञापनपत्र

Related Posts

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित
Banner News

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित

२०८० श्रावण १९, शुक्रबार १९:२५
मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०८० श्रावण १९, शुक्रबार १९:२५
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०८० श्रावण १९, शुक्रबार १९:२५
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०८० श्रावण १९, शुक्रबार १९:२५
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०८० श्रावण १९, शुक्रबार १९:२५
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०८० श्रावण १९, शुक्रबार १९:२५

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति