जलेश्वर। महोत्तरीको मनरासिस्वा नगरपालिकामा पूर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री एवम् प्रदेश सांसद सारेज सिंह कुशवाहाले एकै दिन दुई भवनको उद्घाटन गरेका छन् ।
उनले सामाजिक विकास इकाइद्वारा मनरा सिस्वा –४ जाउखमा फैजुल कुरान मर्दशा र ७ सरपल्लोमा समुदायिक भवनको समुदधाटन सासंद कुशवाहाले भव्यका साथ सम्पन्न गरेका छन् ।
भवनको उद्घाटन गर्दै सासंद कुशवाहाले यस किसिमका भवनले जनतालाई मद्दत पुग्ने भएकोले हरेक वडामा कम्तीमा एक– एकवटा भवन हुनुपर्ने बताए ।
उद्घाटनमा नागरिक समाजका अगुवा तथा भरभलाआदमीहरुको उपस्थिति रहेको थियो ।
Discussion about this post