MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

काजललाई बोक्सी आरोपमा बर्बर यातना दिने श्रीमान् पक्राउ

यातनाबाट कमजोर काजलको खाटबाट लडेर टाउको फुट्यो

माधेशटप माधेशटप
२०८० श्रावण २१, आईतवार १८:३७
काजललाई बोक्सी आरोपमा बर्बर यातना दिने श्रीमान् पक्राउ

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका– ३ की ३२ वर्षीया काजलकुमारी दासलाई कथित बोक्सीको आरोपमा निर्घात कुटपिट गर्ने श्रीमान् विनोद दास र उनकी पहिलो श्रीमती शिलादेवी पक्राउ परेका छन् । पीडित काजलले दिएको जाहेरीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

बोक्सी भन्दै चरम यातना दिएको, पटक–पटक गर्भपतन गराएको र गाउँ निकाला नै गर्ने गरी झुक्याएर तमसुक बनाएकोलगायत आरोप लगाउँदै काजलले श्रीमान् विनोद, उनका पहिलो श्रीमती शिला र धामी दिनेश यादवविरुद्ध शुक्रबार जाहेरी दिएकी थिइन् । प्रहरीले शिलालाई घरबाटै र विनोदलाई प्रहरी कार्यालयमा हाजिर हुन आएको अवस्थामा पक्राउ गरेको हो ।

‘विनोदकी पहिलो श्रीमती शिला देवीलाई घरबाटै शुक्रबार पक्राउ गरेका थियौं । विनोद त्यतिबेला घरबाट निस्किसकेका रहेछन् । हामीले उनी भाग्न सक्ने सम्भावित स्थानहरूमा सर्च गरेका थियों, तर शुक्रबार फेला पार्न सकेनौं । यद्यपी शनिबार उनी आफैं जिल्ला प्रहरी कार्यालयमा उपस्थित भए,’ जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी दिलिपकुमार गिरीले भने, ‘जाहेरीमा अभियुक्त बनाइएका धामी दिनेश यादवलाई पनि खोजिरहेका छौं । उनी चाँडै पक्राउ पर्नेमा विश्वस्त छौं ।’

यातनाबाट कमजोर काजलको लडेर टाउको फुट्यो
लामो समयदेखि घरेलु यातना खेप्दै आएकी काजलको शरण लिएको छिमेकीको घरको खाटबाट लड्दा टाउको फुटेको छ । खाटमा बसिरहेको अवस्थामा रिँगटा लागेर खस्दा टाउको फुटेको हो । उनको टाउकोमा तीनवटा टाँका लगाइएको छ । आफूलाई यातना दिनेलाई पक्राउ गरेर अनुसन्धान थालेकोमा भने न्याय पाउने आस जगाएको उनले बताइन् ।

पहिले प्रहरीले नै गरेको थियो असहयोग

श्रीमानले अघिल्लो रात निर्घात कुटपिट गरेपछि काजल गत १ साउनमा जिल्ला प्रहरी कार्यालय महोत्तरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा पुगेकी थिइन् । प्रहरीले दुवै पक्षसँग छलफल गर्ने भन्दै ४ साउनमा आउन भन्यो । न्याय पाइने आससहित काजल प्रहरी कार्यालय पुगिन् । जहाँ सामान्य छलफल चले पनि सहमति जुटेन । प्रहरीले ‘थप आपसी छलफल गर’ भन्दै कार्यालयबाहिर पठायो । छलफलमा आएका प्रायः सबै विनोदका पक्षमा उभिए । निरीह काजललाई पैसा लिएर श्रीमान्सँग सम्बन्ध तोड्न भनेर फकाउनेदेखि धम्क्याउनेसम्म गरियो । निरक्षर उनलाई जनप्रतिनिधिकै रोहवरमा प्रहरी कार्यालयबाहिर झुक्याएर सम्बन्ध–विच्छेदसहित गाउँ निकालाको तमसुक बनाइएको थियो । नयापत्रिका

तपाईको प्रतिक्रिया !

Related Posts

कण्टीर झा नमूनाको निर्वाचन शान्तिपूर्ण रूपमा  सम्पन्न

कण्टीर झा नमूनाको निर्वाचन शान्तिपूर्ण रूपमा  सम्पन्न

महोत्तरीको दनौलीमा दुई समूहबीच कुटाकुट एक जना  गम्भीर घाइते

महोत्तरीको दनौलीमा दुई समूहबीच कुटाकुट एक जना गम्भीर घाइते

मन्त्री साहलाई गृहनगरमा भव्य स्वागत

मन्त्री साहलाई गृहनगरमा भव्य स्वागत

‘लम्पी स्किन रोग नियन्त्रणमा आएको छ’

‘लम्पी स्किन रोग नियन्त्रणमा आएको छ’

कन्टिर झा नमूना विद्यालयमा मतदान जारी

कन्टिर झा नमूना विद्यालयमा मतदान जारी

अध्यक्ष सिंहको चरम लापरवाहीले आँखा अस्पताल ध्वस्त हुने खतरा

अध्यक्ष सिंहको चरम लापरवाहीले आँखा अस्पताल ध्वस्त हुने खतरा

ताजा खबर

resmi site Mostbet Türkiye kumarhanesine giriş Mostbet resmi aynasından para için çevrimiçi oynayın, kayıt olu

‘मैथिली भाषा सङ्कटमा’

अभिवादन

कण्टीर झा नमूनाको निर्वाचन शान्तिपूर्ण रूपमा  सम्पन्न

कण्टीर झा नमूनाको निर्वाचन शान्तिपूर्ण रूपमा  सम्पन्न

महोत्तरीको दनौलीमा दुई समूहबीच कुटाकुट एक जना  गम्भीर घाइते

महोत्तरीको दनौलीमा दुई समूहबीच कुटाकुट एक जना गम्भीर घाइते

मन्त्री साहलाई गृहनगरमा भव्य स्वागत

मन्त्री साहलाई गृहनगरमा भव्य स्वागत

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति

© 2020 Madheshtop