महोत्तरी- रामगोपालपुर नगरपालिकाका नगर प्रमुख रामदुलार साहलाई जसपा नेपाल रामगोपालपुर नगरपालिकाका नगर कमिटीले विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाएको छ।
विजय कुमार यादवको अगुवाइमा नगर प्रमुख रामदुलार साहलाई कार्य कक्षमा नै जसपा नेपाल रामगोपालपुर नगरपालिकाका नगर कमिटी इन्चार्ज सुरेश कुमार यादवको अगुवाइमा विभिन्न बुदा लेखिएको ज्ञापनपत्र बुझाइएको हो।
ज्ञापनपत्रमा विभिन्न ७ बुँदे मागहरु उल्लेख गरिएको छ।
जसमा रामगोपालपुर नगरपालिकालाई सुखा नगरपालिका घोसना गराइयोस, किसानलाई क्षति पूर्ति राहत उपलब्ध गराईयोस, प्रत्येक वडाका किसानहरुलाई कृषि मिटर फ्री उपलब्ध गराइयोस, खानेपानी समस्या भएको ठाउँमा स्थलगत अनुगमन गरि सहजीकरन गराइयोस, हाल आमजनमानसमा आँखा सम्बन्धि समस्या धेरै नै देखा परेको हुनाले यस विषयमा नगरपालिकाले आँखा सिबिर तथा औषधिको व्यवस्था मिलाइयोस, किसानहरुलाई कृषि मिटरको बिल र अति बिपन्नहरुको घर मिटरको बिल नि: शुल्क गराइयोस् र हाल नेपाल भरिमा महामारीको रुपमा फैलिएको लम्पि स्कीन रोग नगरपालिका भित्रका गाई वस्तुहरूमा पनि भयायव रूपमा देखापरेको ले यस सम्बन्धि खोप र पशु चिकित्सक को वागत हिसाबले व्यवस्था मिलाउनु पर्ने रहेकाे छ।
Discussion about this post