राजविराज । राजविराज नगरपालिकामा जग्गा कित्ताकाट शुरु हुने भएको छ ।
कार्यपालिकाको बैठकले जग्गाको कित्ताकाट गर्ने निर्णय भएको नगरपालिकाका प्रबक्ता जयनारायण मण्डलले बताए ।
वडा नम्बर ८ का अध्यक्ष समेत रहेका मण्डलले बुधबार (भोली) बाटै कित्ताकाट शुरु हुने जानकारी दिए । उनका अनुसार कृषियोग्य जग्गाको २ कठ्ठासम्मको र ८ धृुरसम्मको घडेरी जग्गाको कित्ताकाट हुनेछ ।
तपाईको प्रतिक्रिया !