जनकपुरधाम ।आफ्नै छोराको हत्या आरोपमा एक जना वृद्धलाई २० वर्षपछि धनुषा प्रहरीले पक्राउ गरेको छ ।
हत्या आरोमा जिल्लाको मिथिला नगरपालिका–३, हरिहरपुरका ७० वर्षीय वृद्ध महेश महतोलाई इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरीले विहीबार पक्राउ गरेको हो ।
२०६० मङ्सिर ४ गते आफ्नै छोरा १७ वर्षिय सोलिदर महतोलाई घाँटीमा गमछा बेरेर हत्या गरेको अभियोगमा महेशलाई घरबाटै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक कवीन राईले बताए ।
घटना पश्चात फरार रहेका महतोलाई घर आएको बेला नियन्त्रणमा लिएको उनले जानकारी दिए । उनले यससम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको बताइएको छ।
Discussion about this post