जनकपुरधाम । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखामा कार्यरत ३४ जना कर्मचारीहरुलाई कार्यक्रम सुधार तथा कार्य क्षमता अभिबृद्धि महोत्तरीको बर्दिबासमा १ दिने फिल्ड व्यावस्थापन तालिम सम्पन्न गरेको छ ।
उक्त तालिममा शाखामा काम गर्दा गुण्स्तरीय प्रगती कसरी गर्न सकिन्छ भन्ने विषयमा तालिम सम्पन्न गरीएको थियो ।
तालिममा संस्थाको मधेश प्रदेश प्रमुख देवचन्द्र राय र केन्द्रिय कार्यालयका जोखिम व्यवस्थापन विभाग प्रमुख बिराटपति नाथ गच्छदार प्रमुख प्रशिक्षक रहेका थिए भने प्रशिक्षकमा मधेश प्रदेशका कार्यक्रम अधिकृतहरु रिपेन्द्र दहाल र जय कृष्ण यादव रहेका थिए ।
तालिममा मुख्य गरी कर्मचारीको क्षमता अभिवृद्धिका साथै मनोवल वृद्धि गराई स्वउत्प्रेरीत भई केन्द व्यवस्थापन तथा शाखाको काम गुणस्तरीय वनाउने उद्देशयले तालिम गरीएको थियो ।
तालिममा गुणस्तर केन्द्र व्यावस्थापन सम्बन्धि कार्यक्रम अधिकृत जय कृष्ण यादव र वचत तथा कर्जाको महत्व सम्वन्धि कार्यक्रम अधिकृत रिपेन्द्र दहालले, फिल्ड कर्मचारीको भुमिका, असल कर्मचारीमा हुनुपर्ने गुणहरु, कर्जा विश्लेषण प्रक्रिया, कर्जा सदुपयोगीताको महत्व र सदस्य संरणक्ष विषयमा मधेश प्रदेश प्रमुख देव चन्द्र राय र कर्जा जोखीम, जोखीम हुनुका कारण, जोखीम समाधान, कर्जा जोखीम व्यावस्था, कर्मचारीमा हुने गुणहरु र धितो कर्जा लगानी गर्दा गर्नेुपर्ने विश्लेषण, विधी, प्रक्रिया, धितो अनुगमन वारेमा जोखिम व्यवस्थापन विभाग प्रमुख बिराटपति नाथ गच्छदारले प्रशिक्षण दिएका थिए ।
उक्त तालिम समापन कार्यक्रममा सहभागीको तर्फबाट उदय चन्द्र यादव, अन्जू कुमारी चौधरी र सुदिप कुमार सिंहले मन्तव्य राख्दै तालिम फलदाई भएको तथा तालिममा सिकेका कुरा फिल्डमा लागु गर्न सवैजना सहभागीलाई अनुरोध गर्दै आगामी दिनहरुमा यस्ता तालिमहरु गराउन माग गर्दै संस्था र प्रदेश कार्यालयलाई धन्यवाद दिएका थिए ।
तालिम समापन समारोहमा प्रशिक्षक तथा मधेश प्रदेश प्रमूख देव चन्द्र रायले सबै सहभागीलाई सक्रियरुपमा सहभागी भएकोमा धन्यवाद दिंदै तालिममा सिकेका कुरा व्यावहारमा लागु गर्न र कुनै दुविधा भएमा सम्पर्क गर्न जानकारी दिए । र यस अर्थिक वर्षमा शाखाहरुलाई दिईएको लक्ष्य शतप्रतिशत पुरा गर्न र मधेश प्रदेशलाई संस्थाको एक नम्वर उपलव्धी हासील गर्ने प्रदेशको रुपमा विकास गर्न सबै जना सक्रिय रुपमा टिम स्प्रिट बनाई कार्य गर्न निर्देशन दिएका छन्।
वनेपामा केन्द्रिय कार्यालय रहेको आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेड, देउराली लघुवित्त वित्तीय संस्था लिमिटेड र चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड मर्ज भई आरम्भ चौतारी लघुवित्तको रुपमा काम गर्दै आईरहेको छ ।
६ प्रदेश कार्यालय र १४० शाखा कार्यालय मार्फत यस लघुवित्त वित्तीय संस्थामा ९७ हजार सदस्य ४३ हजार ऋणी मार्फत १ अर्व ४८ करोड बचत निक्षेप संकलन गरी ४ अर्व ५८ करोड उठाउन बाँकी कर्जा लगानी गरेको छ ।
संस्थाले ६ ओटै प्रदेश कार्यालयहरुमा सम्पूर्ण सहायक कर्मचारीहरुलाई फिल्ड व्यावस्थापन तालिम आयोजना गरेको छ ।
Discussion about this post