जनकपुरधाम । मा जानकी यातायात (बस व्यवसायी संघ) जनकपुरधामले जनकपुरधामका प्रतिष्ठित युवा क्लव महावीर युवा कमिटिका नव कार्यसमितिलाई सम्मान गरेको छ ।

संघका अध्यक्ष मनोज कुमार चौधरीले एक कार्यक्रमकाबीच मंगलबार कमिटिका पदाधिकारीहरुलाई सम्मान गरेको छ ।

शान्तिपूणर्रुपमा निर्वाचन सम्पन्न गराएर उत्कृष्ट कार्यसमिति चयन गरेका महावीर युवा कमिटिका पदाधिकारीहरुलाई संघका अध्यक्ष मनोज कुमार चौधरीले जिरोमाइल स्थित हनुमान मन्दिरमा एक कार्यक्रमको आयोजना गरी गमछा तथा फूलमालाले स्वागत गर्दै कमिटिका पदाधिकारीहरुलाई सम्मान गरेका छन् ।