विश्वप्रसिद्ध जानकी मन्दिरमा प्रत्येक वर्ष साउन शुक्ल तृतीयाको सुरुवातसँगै पूणर्िमासम्म मनाइने झुल्नोत्सव यस वर्ष पनि श्रद्धाभक्तिपूर्वक मनाईंदैछ । यस अवसरमा जानकी मन्दिर नभइ यहाँका दर्जनौ मठ मन्दिरमा झुल्नोत्सव विशेष उत्सवको रुपमा मनाइने प्रचलन छ । यसै सन्दर्भमा जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवसंग पत्रकार ध्रुब कुमार झाले गरेको कुराकानीको केहि अंश ।
झुल्नोत्सवको के महत्व छ ?
झुलन महोत्सव आफैमा अत्यन्त महत्वपूणर् पर्वको रुपमा रहेको छ । ९९ सय वटा ररा मध्येको एक रास हो झुलन महोत्सव । साउन महिनाको तृतिया तिथीदेखि पुणर्मासि सम्म यो पर्व परापूर्वकालदेखि नै मनाईंदै आएको छ । वर्षा ऋतुमा जति पनि बोट विरुवा छन् ती सबै मात्र होइन सम्पूणर् प्रकृति नै हराभरा भई एउटा भिन्न स्वरुप लिने गरेको छ । सो समयमा भगवान राम र सीतालाई दुल्हादुल्हीको रुपमा सजाएर झुला (पिंग)को मा राखेर विशेष रुपमा भजन किर्तन गर्दै भगवानसंग सखीको रुपमा भक्ति गरिने पर्व हो झुल्नोत्सव । झुलनोत्सव मैथिली संस्कृतिको मौलिक संस्कृति भएको र मिथिलावासीले भगवान रामलाई भिनाजुको रुपमा पूजा गर्ने गरिएकोले सखि बहिनपाहरुले गीत संगीत मार्फत भगवानसंग रास गर्ने गरेको मान्यताले झुल्नोत्सवको महत्वलाई झनै बढाएको छ । हास परिहास र आनन्दको माहौलमा सीतारामको भक्ति गर्ने गरिने भएकोले यसको महत्व अत्यन्त बढी रहेको मेरो मान्यता छ ।
पहिला पहिला ग्रामिण क्षेत्रका मन्दिरहरुमा समेत आयोजना हुने संस्कृतिक पर्व झुल्नोत्सव आजभोलि हराउँदै गएको छ नि किन होला ?
पहिला पहिला अधिकांश व्यक्ति कृषि पेशामै आधारिता थिए र आफ्नै गाउँ ठाउँमा उपलब्ध हुने गरेकोले झुल्नोत्सवलगायतको पर्वको परम्पराले निरन्तरता पाएको थियो तर विस्तारै विभिन्न पेशाका कारण सर्वसाधारणहरु आफैमा व्यस्त रहनुसहितका कारणले झुल्नोत्सव पर्व मनाउने परम्परा कम भएर गएको छ । तर अझै पनि जनकपुरधामकै दर्जनौ मठ मन्दिरहरु अझै पनि झुल्नोत्सवको १५ दिनको अवधिभर भरिभराउ मात्र नहुने भव्य रुपमा नियमित झुलन झुलाइने गरिएकोले यसको महत्व थोरै पनि कम नभएको मेरो धारणा छ ।
जानकी मन्दिरमा खास गरी यस अवसरमा केके कार्यक्रम आयोजना गरिन्छ ?
जानकी मन्दिरमा अन्य नियमित पूजा बाहेक प्रत्येक दिन साँझ ६ साढे ६ बजे पछाडि मन्दिरको गर्भगृहको प्रांगणमा झुला (पिंग) बनाई रामसीताको प्रतिमा राखेर झुलाईने र रास रंगमा गीत संगीतको साथ भक्ति भजनको आयोजना गर्ने गरिएको छ । त्यसको लागि भारतको विभिन्न स्थानबाट कलाकारहरुलाई समेत बोलाइएको छ । झुल्नोत्सव अवधिभर माता जानकीको दर्शन गर्नाले पुण्यको भागी बन्ने विश्वास रहेको छ ।
झुल्नोत्सवलाई विशेष आकर्षणको केन्द्र बनाएर जनकपुरधामा पर्यटक भित्रियाउन सकिने कतिको सम्भवना देख्नुहुन्छ ?
एकदमै ठूलो सम्भावना छ । सोको लागि सब भन्दा पहिला जनकपुुरधाममै रहेका सय भन्दा बढी मठ मन्दिरहरुमा हुने झुल्नोत्सवको लागि विशेष रुपमा पहिलो दिन र अन्तिम दिन गरी दुई दिनको विशेष कार्यक्रमको आयोजना गर्न सकिन्छ । सोको लागि पहिला पहिला यहाँका सम्पुणर् मठ मन्दिरबाट किशोरीजी र रामजीको डोलालाई झुलनमा राखेर सामूहिक रुपमा यहाँको ऐतिहासिक रंगभूमि(बारह बिघा) मैदानमा विशेष कार्यक्रमको अयाोजना गरेर झुल्नोत्सव प्रारम्भ गरिन्थ्यो । र सोको दर्शन गर्नका लागि आन्तरिक र बाह्य पर्यटकहरु आउने गरेका थिए । पहिला कसरी हुन्थ्यो र सोको खोजीनीति गरेर राज्यले झुल्नोत्सव मेलाको भव्य आयोजना गर्न सके पर्यटकीय विकासको सम्भावना अत्यन्त बढी रहेको मेरो धारणा छ ।
झुल्नोत्सव अझै पनि आकर्षणको केन्द्र नबन्नुमा कसलाई दोषी मान्नु हून्छ ?
यसमा कुनै एक निकाय वा व्यक्तिको दोष होइन । विश्वकै धर्मालवलम्बीहरुको आस्थाको केन्द्रको रुपमा रहेको जानकी मन्दिरमा मात्र होइन झुल्नोत्सवलाई भव्यता दिनका लागि सम्पूणर् जनकपुरधामवासी अगाडि आउन सक्नु पर्छ । सर्वपक्षले आ-आफ्नो स्तरबाट सहयोग गर्न सक्नु पर्छ अनि जे पनि सम्भव छ । हामीले झुल्नोत्सवलाई मात्र व्यवस्थापन गर्न सक्यौं भने जनकपुरधाममा १५ सिदन सम्म धार्मिक पर्यटकहरुको ओइरो लाग्नेछ भन्ने विश्वास राखेर सबै पक्ष मिलेर झुल्नोत्सव मात्र होइन संस्कृतिसंग प्रत्यक्ष सम्बन्धित कुनै पनि पर्व त्योहारलाई विशेष रुपमा मनाउन सक्नु पर्नेछ ।
Discussion about this post