ध्रुबकुमार झा
जनकपुरधाम । धनुषाको नगराइन नगरपालिकाकी आरती साहको रहस्यमय मृत्यु प्रकरणमा एसपी विश्वराज खडका र डिएसपी वेदप्रकाश गौत्तममाथि लगाइएको आरोपबारे छानबिन गर्न गठित समिति प्रतिवेदन तयारीमा जुटेको छ ।

डीआईजी विकास खनालको नेतृत्वमा रहेको पाँच जनाको छानबिन समितिले आरोपी प्रहरी अधिकारीद्वयसंग सोधपुछ गरिसकेको छ ।
एसपी खड्का र डीएसपी गौत्तममाथि कुटपिट तथा दुव्र्यवहार गरेको आरोप लगाउँदै पीडित पक्षले काठमाण्डुको माइतीघर मण्डलामा धर्ना प्रदर्शन गरेपछि छानबिन समिति गठन गरिरएको थियो ।

‘झुण्डिएकोअवस्थामा शव फेला परेको आरतीको मृत्यु हत्या हो कि आत्महत्या त्यो कानूनले निर्धारण गर्नेछ र कानूनी कारवाही जिल्ला प्रहरी कार्यालय धनुषाबाट भइगरी आरोपमा दुई जनालाई तत्काल पक्राउ गरी कारवाही अगाडि बढाइएको थियो’,घटनालाई नजिकबाट नियालेका सामाजिक अभियन्ता सरोज मिश्र भन्छन् ।

‘मृतक आरती साहको परिवारले न्याय पाउनु पर्छ भन्नेमा कुनै किन्तु परन्तु छँदैछैन र सोही अनुसार मुद्दा,पक्राउलगायतको कानूनी प्रक्रिया सहज रुपमा चलिरहेको थियो’, अभियन्ता मिश्र अगाडि भन्छन् पोष्टमार्टम गरिओरी जब आरतीको शवको सदगति हुन लागेको थियो सो बेलामा आरतीको परिवारलाई कानुनी प्रक्रियामा जान सुझाव मैले नै दिएको थिएँ पछि यो घटना फेसबुकको माध्यमले सार्वजनिक भएपछि विभिन्न संचारमाध्यमले समेत प्रकाशित/प्रकाशित गरेको थियो’ उनले प्रष्ट पारे ।

अनि जनकपुरधाममा आरतीलाई न्यायिक प्रक्रियामा सबै हिसाबले सहयोग हुँदा हुँदै पनि काठमाण्डु गएर आन्दोलन गर्नु भनेको प्रहरी अधिकारीहरुमाथि रिसिवी साध्नु बाहेक केहि पनि नरहेको मिश्रको ठहर छ ।

काठमाण्डुको माइतीघर मण्डलामा एसपी खड्का र डीएसपी गौत्तमको तस्वीरमाथि अभद्र रुपमा गरिएको क्रियाकलाप मानवअधिकारको उलंघन रहेकोले हुँदै नभएको मिथ्या आरोप लगाएर आरतीले न्याय पाउने कि दोषीलाई कटघरामा ल्याई सजाय भएपछि न्याय पाउने भन्ने प्रश्न समेत उनले तेस्र्याए ।

‘डिएसपीले कुट्यो,थुनेर राख्यो,गुप्ताँगमै लात्ति हाने जस्ता आरोप लगाउँदै आइए पनि त्यो आरोप निराधार छ’,नेपाली कांग्रेसका युवा नेता प्रवेश चौधरी दावी गर्छन् । उनी भन्छन् ,‘जुन प्रकारले एसपी र डीएसपीमाथि आरतीको बहिनी मनिषालाई कुटिएको आरोप लगाइएको छ त्यस हिसाबले घटनास्थलमा रगत बग्नु पर्ने हो,हो प्रहरीले छलफलको बेलाको दृष्य खिच्न रोकेको होला त्यहाँ नरोकिएपछि विवाद भएको हामीले बुझेका छौं हुन सक्छ त्यो बेलामा कुनै प्रहरी जवानले धक्का मुक्कि गरेका होलान् तर आरोप लगाइएको जस्तो केही पनि भएको छैन र सोको प्रत्यक्षदर्शी कोही छैनन ।’

‘आरतीले न्याय पाउनै पर्छ तर के निराधार झुठो आरोप लगाएर कुनै सार्वजनिक पद धारण गरेकाको सम्मानको अधिकार खोस्न पाइन्छ ’उनको प्रश्न छ । कानुनले घटनामा जो सुकै दोषी भए पनि पक्राउ गरेर तत्काल कारवाही गरी आरतीको परिवारजनलाई न्यायको अनुभूति गराउनु पर्ने बताउँदै नेता चौधरीले भने,‘कानुन बमोजिम कारवाही अगाडि बढिरहँदा पनि घटनालाई षडयन्त्रपूर्वक कसैलाई बदनाम गर्न मात्रै झमेला गरिएको हो ।’

प्रहरीले धनुषाको मिथिलेश्वरका आरतीका मामा सन्तोष कुमार साह कानुलाई जवरजस्ती करणी मुद्दामा पक्राउ गरी कारवाही गरेको छ सोहि रिसिवी साध्न प्रहरी अधिकारीहरुमाथि लान्छाना लगाएर दुई जना अधिकारीद्वयको मात्र होइन सम्पूणर् प्रहरी संगठनमाथि नै दाग लाग्ने गरी पीडितलाई उक्साउने कार्य भएकोले यस्ता अपराधीको कुरामा नलाग्न पीडित परिवारलाई नेता चौधरीले आग्रह गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाकै कार्यकक्षमै तोडफोड गर्न लागेको भन्दै एसपी खड्काले हामीलाई साँझतिर फोन गरेर जानकारी गराएको राष्ट्रिय मानवअधिकार आयोग जनकपुरधामकी प्रमुख मंजु खतिवडाले बताइन् । उनले भनिन,‘सो घटनामा आयोगमा दुबै पक्षको उजुरी परेको छ तर पहिले घटना हुने बित्तिक्कै हामीलाई जिल्ला प्रहरी कार्यालयबाटै फोन आएको थियो ।’

अहिले केहि संचारमाध्यमा आरतीको बहिनी मनिषालाई जुन हिसाबले कुटपिट गरेको सुनिएको छ घटनाको दिन भने उनको अवस्था त्यत्ति गंभीर नरहेको प्रमुख खतिवडाले बताइन । तथापि अहिले अनुसन्धान जारी रहेकोले केही पनि भन्न नसकिने उनले बताइन ।

ईन्सेक मधेश प्रदेशका प्रमुख राजु पासमानले घटना भएको दिन हामीलाई जिल्ला प्रहरी कार्यालयबाट फोन आएको बताउँदै भने ्,‘जुन हिसाबले कुटपिट गरिएको आरोप लगाइएको छ त्यसबारे घटना भएकै दिन मनिषाले हामी समक्ष भन्नु पर्ने हो तर त्यस्तो केहि पनि भन्नु भएन ।’

‘प्रहरी कार्यालयमै अभद्र व्यवहार र तोडफोड गरेकोले पीडित दुई जनालाई प्रहरीले थुनेको पनि थियो र मेरैै रोहबरमा उनीहरुलाई थुनामुक्त गरेर लगेकोले प्रहरी यदि ज्याददती नै गरेको रहेछ भने पीडित पक्षले भन्नु पर्दथ्यो तर हामीलाई त्यस्तो केहि पनि भन्नु भएन’ उनले प्रष्ट्याए । छलफलको क्रममा भिडियो खिच्ने विषयमा प्रहरी जवानहरु संग झोकाझोकको क्रममा धक्का मुक्कि हुन सक्ने स्वभाविक विषय रहेकोले हामीले पनि ठ्याक्कै यहि भएको भनेर अहिले भन्न नसक्ने उनले स्पष्ट पारे ।
इता महिला अधिकार अभियन्ता गायत्री मिश्र भन्छिन्,‘आरती साहको प्रकरणमा निष्पक्ष छानबिन हुनु पर्छ उनको बहिनीहरु अनशनमा बस्नुभएको छ तर त्यो आरतीलाई न्याय दिलाउन नभई प्रहरीको विरुद्धमा उक्साइएको आन्दोलन जस्तोे देखिएको छ।’

‘पीडित परिवारले छोरीलाई दाइजोको निहुँमा हत्या गरेको आरोप लगाएका छन् हत्या हो कि आत्महत्या त्यसको निष्पक्ष छानबिन हुनै पर्छ ।’,उनी प्रष्ट पार्छिन ।

‘मनिषाले आफूलाई प्रहरीले जिल्ला प्रहरी परिसर भित्रै गुप्ताँगमा प्रहार गरेको आरोप लगाएकी छिन् तर प्रहरीले मनिषासंग दुव्र्यवाहार गर्ने कुनै कारण नदेखिएकोले एसपी र डीएसपी विरुद्ध मनिषाले कसैको उक्साहटमा अभिव्यक्ति दिएको मेरो आशंका छ।,उनले स्पष्ट पारिन ।

‘एकातिर छलफलको क्रममा मनिषाले भिडियो बनाउन थालेपछि प्रहरीले मोबाइल खोसेको भिडियो सार्वजनिक मात्र होइन भाइरल नै भएको छ तर उनलाई कुटिएको कुनै न त भिडियो नै देखिएको न त जिल्ला परिसर भित्र र बाहिरका कसैले पनि देख्दै नदेख्नुले आरोप निराधार रहेको पुष्टि हुन्छ।’,अभियन्ता मिश्र भन्छिन् ।

आरती साहको घटना हुने बित्तिक्कै जनकपुरधामका विभिन्न संचारमाध्यमले प्रहरीले मोबाइल खोसेको भिडियो समेत भाइरल बनाएको थियो बताउँदै अभियन्ता मिश्रले के मनिषाको घटनाबारे यहाँका पत्रकारले समाचार नै लेखेनन तसर्थ मनिषाले काठमाण्डुमा विभिन्न मिडियामा दिएको अभिव्यक्तिले धनुषाका पत्रकारहरुमाथि समेत प्रश्न खडा गरेकी छिन् ।

मनिषामाथि यदि अन्याय भएको छ भने उनले न्याय पाउनै पर्छ भन्नेमा कुनै दुई मत नरहेको बताउँदै कुनै पनि प्रहरी अधिकारीहरुको मानमर्दन र सम्माननै ठेस पुग्ने गरी आरोप प्रत्यारोप गर्न नहुने सामाजिक अभियन्ता अमित कुमार ठाकुर (मिन्टु)को धारणा छ । हुँदै नभएको कुरा उठाएर कसैको उक्साहटमा आन्दोलन गर्नु र सोही आन्दोलनको आधारमा प्रहरी अधिकारीहरुलाई बदनाम गर्दै जाने हो भने यसले अधिकारीको मनोबल तल खस्नेमा कुनै दुई मत नरहेको कुरा सबैले बुझिदिनु पर्ने आवश्यकता रहेको अभियन्ता मिन्टुको ठहर छ ।

कानुनको पालनकर्ता मात्र नभई पालना गराउनका लागि अग्रपंक्तीमा रहेर काम गर्ने प्रहरी अधिकारीहरुले गल्ती गरेको छ भने दोषको भागि हुनै पर्छ बताउँदै जनकपुरधामका युवा अभियन्ता विजेन्द्र मोहन प्रतिहस्त भन्छन्,‘प्रहरी कार्यालय सधैं भिडभाड रहने ठाउँ हो र त्यो ठाउँमा कुनै महिलामाथि निर्घात कुटपिट गरिन्छ र कसैले देख्दैन भन्ने हुँदै हुँदैन । त्यहाँ सयौँ मानिसको भिड हुन्छ कसै नसकैले देख्नु पर्ने हो तर कसैले पनि देखेन भन्ने कुरो आएको त्यसले मनिषाले दिएको अभिव्यक्ति उक्साहटमै दिएको होे भन्ने प्रष्ट छ।सभार ः डेटूडे खबर