जनकपुरधाम । धनुषा जिल्लामा लागूऔषधको कारोबारमा कमि भएको देखिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी वेदप्रकाश गौतमले दिएको जानकारी अनुसार चाल्ु आर्थिक वर्षको साउनदेखि हाल सम्मको पाँच महिनाको अवधिमा ११ जनालाई लागूऔषध खरिद विक्री आरोपमा पक्राउ गरिएको छ ।
यस अघि गत आर्थिक वर्ष २०७९/८० मा लागूऔषध मुद्दामा ९० जनालाई पक्राउ गरेको थियो । सो तथ्याँकलाई तुलना गर्दा लागूऔषधको कारोबार घट्दै गएको बुझिएको छ । पक्राउ परेकाहरु मध्ये ७ जनामाथि मुद्दा दर्ता गरिएको छ भने दुई जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको डीएसपी गौतमले बताए ।
एक जनालाई बाल सुधार केन्द्रमा पठाइएको बताउँदै उनले भने,‘पक्रिनलाई त थुप्रै पक्राउ पर्छन् कुलतमा फँसेर लहलहैमा बिग्रेर लागूऔषध सेवनकर्तालाई अभिभावकको जिम्मा लगाउने गरिएको उनले बताए ।
अधिकाँश युवाहरु कुलतमा फँसेर थुनुवासम्म आइपुग्ने गरेकोले अभिभावकहरु सचेत हुन जरुरी रहेको बताए । प्रहरीले थालेको कडाइपछि अहिले धनुषा जिल्लामा लागुऔषधका कारोबार घटेको र लागूऔषध विरुद्ध अभियान नै संचालन गरेको दाबी गर्दै डीएसपी गौतमले भने,‘लागूऔषध दुव्र्यसनमा परेकालाई अभिभावकको जिम्मा लगाई सुधार केन्द्र पठाउने सुझाव दिने गरेका छौं’।
लागू तथ्याँकले जे सुकै देखाए पनि खुला सीमानाका कारण भारतबाट सहजै लागूऔषध सेवन गरेर आउन सकिने भएकोले थुप्रै दुव्र्यसनीहरुको संख्या दिनानुदिन बढ्दै गएको अवस्था रहेको उनले स्विकार गर्दै उनले भने,‘यो दुई देशको कुरो भएको र खाएर जिउ भित्र रहेको कुरोमाथि कसरी कारबाही गर्ने त्यसैले युवाहरुलाई दुव्र्यसनको शिकारबाट हामीले जोगाउन सकेका छैनौ’। तर यसमा प्रहरी दोषी हो र भन्ने प्रश्न उनले तेर्साए ।
लागूऔषध विरुद्ध व्यापक जनचेतना र अभिभावकहरु सचेत हुन सके मात्रै दुव्र्यसनमुक्त समाज निर्माण गर्र्न सकिने उनको धारणा छ । स्मरण रहोस् धनुषा प्रहरीले लागूऔषध विरुद्ध थालेको अपरेशनको कारण कारोबारीहरुमा त्रास फैलिएको छ ।
Discussion about this post