जनकपुरधाम । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि दिउँसो काठमाडौंमा भएको घातक प्रहार भएपछि गृह जिल्लामा आक्रोसले राजमार्ग गरी विरोध प्रदर्शन गरेको छ ।
धनुषाको लक्ष्मीनियाँ ७ स्थित लक्ष्मीनियाँ बजार नजिक कांग्रेसका क्षेत्रीय सभापति धनुषा-४ का भारत यादवको नेतृत्वमा गरिएको विरोध प्रदर्शन तथा राजमार्ग अवरुद्ध गरिएको लक्ष्मीनिया ७ का वडा सभापति शिवशंकर झाले बताएका छन् ।
राजमार्ग अवरुद्ध तथा विरोध प्रदर्शन कार्यक्रममा निकट विद्यार्थी युनियन , युवा संघ र स्थानीयद्वारा राजमार्गमा चक्का जाम गरी विरोध गरेका थिए ।
Discussion about this post