MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

अध्यक्ष सिंहको चरम लापरवाहीले आँखा अस्पताल ध्वस्त हुने खतरा

मधेशटप by मधेशटप
२०८० आश्विन ५, शुक्रबार ०७:४०
0
अध्यक्ष सिंहको चरम लापरवाहीले आँखा अस्पताल ध्वस्त हुने खतरा

प्रिया कर्ण
जनकपुरधाम । प्रक्रिया मिचेर कर्मचारी हटाइएपछि जानकी आँखा अस्पतालमा शुरु भएको विवाद चुँलिदै गएको छ ।

अस्पतालमा कार्यरत डा.अमित कुमार यादवको म्याद सकिएको भनी निर्देशक डा.आशिष बोहराले प्रक्रिया मिचेर अचानक काम नगर्न भनेपछि विवाद शुरु भएको थियो ।

अस्पताल परिसरबाट शुरु भएको विवाद समितिका अध्यक्ष नरेश प्रसाद सिंहको अर्कमण्यताको कारण जिल्ला प्रहरी कार्यालय हुँदै जिल्ला प्रशासन कार्यालयसम्म पुगेको आरोप समितिका कोषाध्यक्ष धीरेन्दमोहन झाले लगाएका छन् ।
अध्यक्ष सिंहले तत्काल बैठक डाकेर समस्याको समाधान गर्न सक्ने भए पनि उनले कुनै चासो नै नदेखाउनुले उनले समस्याको समाधान नै नगर्न नचाहेको पुष्टि भएको छ ।

यता डा.अमित कुमार यादव मौखिक सहमतिकै आधारमा अस्पतालमा हाजिर भएका छन् तर जिल्ला प्रहरी कार्यालयमै भएको सहमति अनुसार अध्यक्ष सिंहले बैठक बोलाएका छैनन् ।

डा.यादव तथा डा.बोहरालाई बोलाएर जनकपुरधामस्थित डा.विजय कुमार सिँह निवासमा अध्यक्ष सिंहले गोप्य रुपमा बोलाएको स्रोतले जनाएको छ । एकातिर अस्पतालको विवाद उग्र बन्दै गएको छ भने त्यस्कै कारणले अस्पतालको साखमाथि कुठाराघात हुने अवस्था आउन थालेको छ भने अर्को तिर अध्यक्ष सिंह बन्द कोठामै कानेखुशी गर्नु कतिको जायज छ भन्ने प्रश्न अभियन्ता सरोज कुमार मिश्रको रहेको छ ।

अध्यक्ष सिँह र अस्पतालकै कर्मचारी दीपेन्द्र सिँहलगायतले अस्पताललाई ध्वस्त पार्न लागेको आरोप समेत अभियन्ता मिश्रले लगाए । अध्यक्ष सिँहले यी सबै घटनाको जिम्मेवारी लिएर राजीनामा दिनु पर्ने माग उनले गरे ।

अध्यक्ष सिँहलाई नहहटाइए यो अस्पताल ध्वस्त हुने खतराको संकेत समेत उनले गरेका छन् । अध्यक्ष सिँहकै जिम्मेवारीमा रहेको तत्कालीन प्रतिष्ठित विद्यालय भोलासिँह लायन्स विद्यालय ध्वस्त भइसकेको उदाहरण दिँदै उनले भने ,‘अध्यक्ष सिँह,दीपेन्द्र सिँह र अरु एक दुई जना छन् अस्पतालमा जसले अस्पतालाई विस्तारै दिमक जस्तै चाटिरहेकोछ।’

विवाद चुलिँदै गएपछि समितिका कोषाध्यक्ष झाको अगुवाईमा प्रदेश साँसद शेषनारायण यादव,मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी,जनकपुरधाम उपमहानगरपालिका ८का अध्यक्ष दिनेश सिंहसहितका टोलीले समस्या समाधानकालागि प्रमुख जिल्लाअधिकारी चक्रपाणी पाण्डे समक्ष ध्यानाकर्षण गराएका छन् ।

सो क्रममा प्रजिअ पाण्डेले आगामी ८ गतेसम्म राष्ट्रपतिज्युको भ्रमणले गर्दा यस समस्याको समाधानको लागि केहि दिन समय लाग्न सक्ने बताएको टोलीमा सहभागिहरुले बताएका छन् ।

विवादपछि स्थानीय रामानन्द युवा क्लबका पदाधिकारी लगायतको स्थानीयवासीहरुले अस्पताल विकास समितिका अध्यक्ष नरेश प्रसाद सिंह विरुद्ध नाराबाजी गरेका थिए ।

यता अध्यक्ष सिँहसंग कुरा गर्न उनलाई पटक पटक फोन गर्दा पनि उनले कुनै वास्ता गरेनन् ।

Previous Post

कार्यबाहक अध्यक्ष पाण्डेयद्वारा ज्येष्ठ नागरिकलाई सम्मानसहित बिदाई

Next Post

कन्टिर झा नमूना विद्यालयमा मतदान जारी

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०८० आश्विन ५, शुक्रबार ०७:४०
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०८० आश्विन ५, शुक्रबार ०७:४०
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०८० आश्विन ५, शुक्रबार ०७:४०
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०८० आश्विन ५, शुक्रबार ०७:४०
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०८० आश्विन ५, शुक्रबार ०७:४०
बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ
समाचार

बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ

२०८० आश्विन ५, शुक्रबार ०७:४०

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति