प्रिय कर्ण
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका-२५ बभनगामास्थित कन्टिर झा नमूना माध्यमिक विद्यालय व्यवस्थापन समितिको चयनका लागि निर्वाचन हुँदैछ ।
समितिका चार जना सदस्यहरुको चयनका लागि शुक्रबार बिहान ८ बजेदेखि मतदान शुरु भएको छ।
७ सय ४९ अभिभावक (मतदाता) रहेकोमा यो समाचार लेख्दासम्म २ सय भन्दा बढी पोलिंग भइसकेको विद्यालयका प्रधानाध्यापक श्रीचन्द्र साहले जानकारी दिए ।
आज भइररहको मतदान खुला र महिला गरी चार जना सदस्यको चयनका लागि रहेको प्रअ साहले बताए ।
चार जना सदस्य एक जना प्रअ,एक जना शिक्षक प्रतिनिधि,एक जना वडासदस्य,एक जना चन्दा दाता तथा एक जना बुद्धिजीवी गरी ९ सदस्यीय कार्यसमिति बनाइने र सोेही मध्येबाट प्रअ र शिक्षक प्रतिनिधि बाहेक मध्येका अध्यक्ष चयन गरिने प्रअ साहले स्पष्ट पारेका छन् ।
विद्यालयमा १ हजार भन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेका छन् । मतदानका लागि बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्मको समय सीमा निर्धारण गरिएको र तीन बजेपछि मतगणना प्रारम्भ गरिने र साँझ सात बजे सम्म परिणामसमेत सार्वजनिक गरिने कार्यक्रम रहेकोे मतदान अधिकृत समेत रहेका प्रअ साहले बताए ।
तपाईको प्रतिक्रिया !