प्रिया कर्ण
जनकपुरधाम । धनुषा जिल्लाका चौपायाहरुमा महामारीको रुपमा देखिएको लम्पी स्किन रोगको प्रकोप नियन्त्रणमा आएको छ ।
गाई भैंसीसहितकका चौपायामा लाग्ने यो रोग गत आर्थिक वर्षको चैत महिनादेखि शुरु भई जिल्लाको विभिन्न १८ वटै पालिकामा फैलिएर भयावह स्थिति बनेको जिल्ला भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र जनकपुरधामले जनाएको छ ।
‘२०७९ चैत महिनादेखि पशुमा देखिएको लम्पि रोगको प्रकोप रोगको संक्रमण शुरु भएको र असार साउन आउँदा-आउँदै भयावह अवस्था बनेको थियो’, केन्द्रका प्रमुख डा.संजिब ठाकुरले भने ।
संंक्रमण फैलिन नदिन तत्काल मधेश प्रदेश तथा स्थानीय सरकारको संयुक्त पहलमा भएको भ्याक्सिन कार्यक्रम शुरु भए पछि संत्रमण घट्दै गई अहिले लम्पि स्किन रोग नियन्त्रणमा आइसकेको प्रमुख ठाकुरले बताए ।
लम्पि स्किन विरुद्धको जिल्लाभरिमा ३९ हजार ७ सय ९५ वटा चौपायामा भ्याक्सिन लगाईएको जानकारी केन्द्रले दिएको छ । केन्द्रका अनुसार रोगको कारण जिल्लाभरिमा १९ हजार ४ सय ४ वटा पशुमा लम्पि रोगको संक्रमण फेला परेको थियो सो मध्ये ७ सय ३० वटा चौपायाको मृत्यु भइसकेको छ ।
त्यसैगरी संंक्रमित पशु मध्ये १० हजार १ सय ७६वटा पशुमा लागेको रोग निको भएको जानकारी दिँदै केन्द्र प्रमुख साहले भने,‘प्रदेश सरकार र स्थानीय सरकारको आफ्नो बजेटमा समेत धमाधम भ्याक्सिनेसन गरियो जसको कारण अहिले यो रोग नियन्त्रणमा आएको छ केहिदिन यतादेखि कुनै पनि पशुमा यो रोग लागेको कुनै जानकारी समेत नआउँदा यो नियन्त्रणमा आएको हामीले बुझेका छौं।’
लम्पि स्किन रोगको संक्रमण लागेपछि चौपायाको जिउभरि गाँठो पर्नु ज्वरो आउनु लगायतका लक्षणहरु देखा पर्ने गरेको प्राविधिकहरु बताउँछन् । यो रोगको लक्षण देखापर्ने वित्तिक्कै नजिकको पशु सेवा विज्ञ केन्द्रमा लगेर उपचार गराउनु पर्ने सुझाव पशु चिकित्सकहरु दिन्छन् ।
धनुषा जिल्लाको १८ वटै पालिकामा देखापरेको लम्पि रोगको संक्रमण अफ्रिकी मुलुकबाट सरेर आएको बताईन्छ ।
Discussion about this post