MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

मधेश सबै क्षेत्रमा पछाडि छ : स्वास्थ्यमन्त्री सिंह

Madheshtop Madheshtop
२०८० आश्विन ७, आईतवार ०९:५१
मधेश सबै क्षेत्रमा पछाडि छ : स्वास्थ्यमन्त्री सिंह

प्रिया कर्ण

जनकपुरधाम । मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्र प्रसाद सिंहले आँखा उपचारमा समेत मधेश प्रदेशक पछाडि परेको गुनासो पोखेका छन्।

नेपाल दृष्टि विशेषज्ञ संघ मधेश प्रदेशको आयोजनामा शनिबार सम्पन्न एक दिने सीएमई कार्यक्रममा उनले सो गुनासो पोखेका छन् ।

नेपाल ओफ्थलमिक सोसाइटी र नेपाल नेत्र सहायक संघको सहयोगमा भएको सो कार्यक्रममा बोल्दै मन्त्री सिंहले मधेश प्रदेश शिक्षा,स्वास्थ्य जुन सुकै क्षेत्रमा एकदमै पछाडि रहेको बताए ।

मधेश प्रदेशको स्वास्थ्य अवस्थामा सुधारको लागि कुनै एक निकाय वा संस्थाले कुनै हालतमा गर्न नसक्ने भएकोले सबै पेशाका व्यक्तिहरु एक जुट नभए सम्म कुनै पनि क्षेत्रको विकास सम्भव नरहेको उनले स्पष्ट पारे ।

‘अहिले हामीले हेर्‍यौं,आँखा उपचारको क्षेत्रमा सबभन्दा पछाडि रहेको तथ्याँकले देखाउँछ यो दुर्भाग्यपूणर् हो ,मानवशरीरको सबभन्दा महत्वपूणर् अंगको रुपमा रहेको आँखाको उपचारमा पनि पछाडि छौं।’

उनले दुखेसो पोखे । मधेश प्रदेश समग्र रुपमा सबै क्षेत्रमा पछाडि परेकोमा कुनै एक पक्ष दोषी नरहेको स्पष्ट पार्दै उनले भने,‘मधेश प्रदेशमा एक अर्कामाथि दोषारोपण गरेर हामी जिम्मेवारीबाट भाग्ने प्रवृति छ त्यो प्रवृत्ति नै परिवर्तन हुनु पर्छ र यसको लागि सबै पक्ष मिल्नुको विकल्प छैन।’

प्रत्येक क्षेत्रका व्यक्तिहरुले आ-आफ्नो स्तरबाट सहयोग मात्र होइन अभियानकै रुपमा अगाडि नबढेसम्म मधेश प्रदेशको विकास गर्न नसकिने निश्चित रहेको मन्त्री सिंहको भनाई थियो ।

प्रदेश पछाडि पर्नुमा सबैभन्दा बढी दोषी राजनीतिककर्मीकै रहेको स्विकार गर्दै उनले भने,‘राजनीतिककर्मीहरुले राज्य सत्ता संचालन गर्न नसकेकै कारण मधेश प्रदेश पछाडि परेको हो यो हामीले स्विकार गर्र्नै पर्छ।’

जनकपुरधाममै मात्र सयौंको संख्यामा अस्पतालहरु संचालनमा रहेको तर मन्त्रालयमा समेत कुनै आधिकरिक तथ्याँकसमेत नरहेको बेथीतिपूणर् अवस्था रहेको उल्लेख गर्दै उनले आफूलाई ठुलठूला अस्पतालको नाउँमा जनतालाई लुट्ने बाहेक कुनै काम नगरेको आरोप पनि लगाए ।

प्रदेशभरिमा रहेका अस्पतालको लेखाजोखा निकाल्न निर्देशनालयलगायतको निकायमा निर्देशन दिँदा पनि कहिँ कतैबाट पनि उपयुक्त तथ्याँक उपलब्ध नहुँदा सोको नियमनको लागि केहि दिन भित्रै सबै अस्पताललाई पत्राचार समेत गरिसकिएको उनले जानकारी दिए ।

आँखा उपचारको क्षेत्रमा स्वास्थ्य मन्त्रालयले आइतबारदेखि नै विभिन्न पदमा भ्याकेन्सी निकाल्ने दावी उनले गरे ।

प्रदेशमा रहेका सम्पूणर् प्रादेशिक अस्पतालहरुमा तत्काल एक जना विशेषज्ञ र एक जना नेत्र सहायकको पदपूर्ती गर्ने प्रक्रिया प्रारम्भ भइसकेको जानकारी दिँदै मन्त्री सिंहले भने,‘हामीले प्रयास सुरु गरेका छौं तर एक्लैले कुनै पनि काम सम्भव छैन सबै ओहदामा रहेका विशेषज्ञहरुले समेत सहयोग गर्नै पर्छ।’

मधेश प्रदेशमा कुनै पनि काम अगाडि बढाउन खोज्दा नकारात्मक विचारले प्रभावित गर्ने गरेको तथ्यबाट पन्छिन नसकिने भएकोले एकले अर्कालाई सहयोग गरेर अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको उनको ठहर थियो ।

संघका मधेश प्रदेशका अध्यक्ष रवि शंकर चौधरीको सक्रियतामा भएको सो कार्यक्रममा उपाध्यक्ष विकास कुमार साह,सचिव अविनाश झा,कोषाध्यक्ष राकेश कुमार मण्डल,वरिष्ठ डा.सविन साहसहित प्रदेशका आठ वटै जिल्लाका प्रतिनिधिहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया !

Related Posts

श्री राजाजी जनता मा. विद्यालयको ६५ औं बार्षिकउत्सव कार्यक्रम सम्पन्न

श्री राजाजी जनता मा. विद्यालयको ६५ औं बार्षिकउत्सव कार्यक्रम सम्पन्न

बोदे बर्साईनको सोनापुरमा सशस्त्र प्रहरी(बीओपी)को भवन उद्घाटन

बोदे बर्साईनको सोनापुरमा सशस्त्र प्रहरी(बीओपी)को भवन उद्घाटन

श्री ५ महेन्द्र चुन्नि माध्यमिक विद्यालयको ७३औं वाषिर्कोत्सव तथा शालिक अनावरण कार्यक्रम सम्पन्न

श्री ५ महेन्द्र चुन्नि माध्यमिक विद्यालयको ७३औं वाषिर्कोत्सव तथा शालिक अनावरण कार्यक्रम सम्पन्न

सपहीमा वृहत् स्वास्थ्य शिविर हुने

सपहीमा वृहत् स्वास्थ्य शिविर हुने

मोबाइल पसलमा आगलागी हुँदा लाखौँको क्षति

मोबाइल पसलमा आगलागी हुँदा लाखौँको क्षति

छठ पर्व सुरु, ​दुल्ही झै सिँगारिँदै पोखरी र तलाउ

छठ पर्व सुरु, ​दुल्ही झै सिँगारिँदै पोखरी र तलाउ

ताजा खबर

श्री राजाजी जनता मा. विद्यालयको ६५ औं बार्षिकउत्सव कार्यक्रम सम्पन्न

श्री राजाजी जनता मा. विद्यालयको ६५ औं बार्षिकउत्सव कार्यक्रम सम्पन्न

बोदे बर्साईनको सोनापुरमा सशस्त्र प्रहरी(बीओपी)को भवन उद्घाटन

बोदे बर्साईनको सोनापुरमा सशस्त्र प्रहरी(बीओपी)को भवन उद्घाटन

श्री ५ महेन्द्र चुन्नि माध्यमिक विद्यालयको ७३औं वाषिर्कोत्सव तथा शालिक अनावरण कार्यक्रम सम्पन्न

श्री ५ महेन्द्र चुन्नि माध्यमिक विद्यालयको ७३औं वाषिर्कोत्सव तथा शालिक अनावरण कार्यक्रम सम्पन्न

The Number of Pulmonary Capillaries: A Comprehensive Overview

सपहीमा वृहत् स्वास्थ्य शिविर हुने

सपहीमा वृहत् स्वास्थ्य शिविर हुने

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति

© 2020 Madheshtop