सरोज कुमार मिश्र

जनकपुरधाम । महामहिम राष्ट्रपति राम चन्द्र पौडेलको सवारी भोली जनपुरधाममा हुनु गौरबको कुरा हो। वहाको स्वागत पनि धुमधामका साथ हुनुपर्छ।


तर हाम्रो देशको बिग्रिदो राजनीतिक अवस्था, स्वार्थपूर्ण राजनीतिक, कुसंस्कृत राजनीतिक संस्कारका कारण विभिन्न उच्च पदस्थ ब्यक्तित्वहरुको कारण आज हाम्रो देशको सम्मानित पदहरुसमेत अपमणित भएको अवस्था छ।

संबिधान दिवसको दिन अपराधी लाई आम माफी दिनु तर अधिकार एवं परिवर्तनको लागि विगत ०७१/७२ मा आन्दोलन गर्ने आम नागरिक माथि बिभिन झूठा मुद्दा लगाई हाल सम्म परेशान गर्नुका साथै कति आंदोलनकारी लाई जेलमा राख्नु कतिको जायज र कस्तो खाले मैसेज ?

संबिधान दिवसको दिन गुंडाको नाइके, मर्डरर लाई कुन खुसी, त्यसको कुन राम्रो आचरण हेरेर त्यसलाई माफी दिइएको हो ?

त्यसले एउटा सींगों परिवारलाई अनाथ बनाएको ख़ुसी, एउटी नेपाली चेली छोरीलाई बिधवा बनाएको बहादुरी, त्यो परिवारको बच्चाहरु लाई अनाथ बनाएको राष्ट्रीय गौरब को आधारमा ? कि आफ्नै पार्टी को अपराधी भएको कारण ?

त्यो अपराधी द्वारा आफ्नै स्वार्थपूर्ति गर्ने उद्देश्य बोकेर हो कि ?
के कारण होला महामहिम ज्यू?

महामहिम ज्यू बिरामी भएर बाहिर उपचार गराउन जाँदा केहि घोषणा गर्नु भएको समाचार सामाजिक संजालदेखि बिभिन संचार माध्यमको सुर्खी बनेको सबैले हेर्नु भएकै होला।

उपचार खर्च देखी बिभिन्न भत्ता नलिने घोषणा गरे पनि सबै ढुकुटी तुहाएकै हुन, लिएकै छन्।

अब मेरो प्रश्न तपाइहरु कै लागि यो भन्दा पहिले पनि यो देशबासी ले दुई दुई वटा राष्ट्रपति पाएकै छ ।

वहाँहरुको स्वागतको लागि कुन कुन संघ संस्थाहरु ले के के र कस5ओ खाले स्वागत कार्यक्रम राखेको थियो खोज्नु आवश्यक ?

आज केही विज्ञप्तिहरु मैले पनि पढ़े र यस विग्यप्ति बाट सब भन्दा ठूलो शिक्षा के लिए भने शिक्षक पेशा मा लागेका, स्वास्थ्य पेशामा लागेका र कर्मचारी वर्गहरु लाई कुनै पार्टी, संघ संगठन को सदस्यता दिनु भनेको देशको मान मर्दन गर्नु सरह हो ।

प्याप्शन र एन प्याप्शनले गरेको निर्णय ठीक होला तर, के हाम्रा महामहिम ज्युले गर्नु भएको कामहरु मध्येको कुनै काम जन्तामुखी रहेको औलामा गनाउँन सक्नु हुन्छ ?

मेरो छोरा छोरी पनि निजी बिद्यालयको छात्र छात्रा हो तर तिनिहरु मध्ये कसै लाई पनि स्वागतको लागि लागियो भने स्कुलका प्राध्यापक देखी संचालक लाई भोगनु पर्छ हामीले नेता लाई स्वागत गर्न आफ्नो बाल बच्चा को एडमिशन गराएको होइन त्यसलाई सही गलतको पहिचान सँगै न्याय र अन्याय बिरुद्ध फर्क छुट्यौन पठाएको छ ।

अनि हाम्रै बालकहरु लाई दिग भ्रमित गर्ने अधिकार कसले त्यो पेप्सन र एनपेप्सन लाई दियो ? आफ्नो निहित राजनीतिक स्वार्थपूर्ति बिधार्थिहरु को ममध्यम बाट गर्ने लाई हामी आम माफी पनि दिदैनौँ।