MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

मुख्यमन्त्री र अर्थमन्त्रीबीचको विवादले कर्मचारी तथा सांसदले पाएनन् तीन महिनादेखि तलब

मधेशटप by मधेशटप
२०८० आश्विन १०, बुधबार १६:१६
0
मधेश सरकारको चालु आर्थिक वर्ष २०७८/७९ मा आधा बजेट फ्रिज

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादव र अर्थ मन्त्री संजय यादवबिचको विवादका कारण त्यहाँका कर्मचारी तथा प्रदेशसभा सदस्यले तीन महिनादेखि तलब पाएका छैनन् ।

प्रदेश सभा सचिवालयका एक कर्मचारीले भने, ‘अर्थ मन्त्रालयले तलब निकासाका लागि अहिलेसम्म स्वीकृत नै दिएको छैन, त्यही भएर साउनदेखि तलब खुवाउन सकेको छैन ।’
जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य एवं प्रदेश सभा सदस्य मनिष सुमनले आफूले तीन महिनादेखि तलब नपाएको बताए । तर  के कारणले तलब नदिएको भन्नेबारे बुझ्न नपाएको उनको भनाइ छ ।

जनमत पार्टीका महासचिव एवं मधेस सरकारका श्रम तथा यातायात मन्त्री चन्दनकुमार सिंहले अर्थ मन्त्रालयको ढिलासुस्तीका कारण तलब पाउन समस्या भइरहेको बताए । अर्थ मन्त्रालयको अख्तियारी खोजेका कारण तलब खुवाउन समस्या उत्पन्न भएको उनको भनाइ छ । यसअघि त्यस्तो अख्तियारी खोज्ने नगरिएको उनले बताए ।

प्रदेश सभा सदस्य उपेन्द्र महतोले पनि तीन महिनादेखि तलब नपाएको बताए ।

यसरी कर्मचारी र प्रदेश सभा सदस्यले तलब नपाउनुको मुख्य कारण मुख्यमन्त्री र अर्थमन्त्रीबिचको द्वन्द्व नै हो । अर्थमन्त्री संजय यादवले वितरण गरेको कार्यक्रम तथा योजनाको बारेमा छानबिन गर्न मुख्यमन्त्री सरोज यादवले प्रदेश सभा सदस्य उपेन्द्र महतोको संयोजकत्वमा संसदीय उच्चस्तरीय छानबिन समिति गठन गरेपछि दुई जनाको बिचमा द्वन्द्व बढेको स्रोतले दाबी गरेको छ ।

स्रोतका अनुसार मुख्यमन्त्री र अर्थमन्त्रीबिच बोलचाल समेत छैन । मुख्यमन्त्रीसँगको द्वन्द्वका कारण नै अर्थमन्त्री संजयले रकम निकासा रोकेको दाबी कर्मचारी तथा प्रदेश सभा सदस्यहरुले गरेका छन् ।

‘दसैँ आइसक्यो तर तीन महिनादेखि तलब पाएको छैन, मुख्यमन्त्री र अर्थमन्त्रीको द्वन्द्वका कारण तलब पाउने टुङ्गो छैन,’ प्रदेश सभा सचिवालयका एक कर्मचारीले भने ।

मधेस प्रदेश सभा सचिवालयका सचिव रञ्जितकुमार यादवले तलब पठाउने प्रक्रिया सुरु भइसकेको बताए । एकदुई दिनमै सबैको तलब जाने उनको भनाइ छ । उनले भने, ‘केही प्राविधिक समस्या थियो, त्यो समाधान भइसकेको छ, अब सबै कर्मचारी तथा सांसदले तलब पाउनुहुन्छ ।’

साउन ३१ गते प्रदेश सभाको अधिवेशन अन्त्य भएको थियो । हालसम्म प्रदेशसभाको बैठक आह्वानको कुनै छाँटकाँट छैन । प्रदेश सभा सदस्यहरुका अनुसार सरकारले बैठक आह्वानमा चासो नै लिएको छैन ।

पुसदेखि असारसम्म मात्र प्रदेशसभाका ३६ वटा बैठक बसेको सचिवालय बताउँछ । साउनदेखि यता बैठक बस्न सकेको छैन । यसमा पनि मुख्यमन्त्री र अर्थमन्त्रीको आपसी द्वन्द्व रहेको प्रदेश सभा सदस्यहरुको दाबी छ ।सभार  : रातोपाटी

Previous Post

बोदे बर्साईनमा स्थानीय कर शिक्षा प्रशिक्षण कार्यक्रम

Next Post

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले दिए राजीनामा

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०८० आश्विन १०, बुधबार १६:१६
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०८० आश्विन १०, बुधबार १६:१६
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०८० आश्विन १०, बुधबार १६:१६
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०८० आश्विन १०, बुधबार १६:१६
पाँच करोडको हिसाब माग्दा जनमत पार्टीका राष्ट्रिय कोषाध्यक्ष सुरेन्द्र यादव पार्टीबाट निलम्बन
मधेश

पाँच करोडको हिसाब माग्दा जनमत पार्टीका राष्ट्रिय कोषाध्यक्ष सुरेन्द्र यादव पार्टीबाट निलम्बन

२०८० आश्विन १०, बुधबार १६:१६
धनुषाको बजारमा छयापछयप्ती नक्कली खुकुरी चुरोट
Banner News

धनुषाको बजारमा छयापछयप्ती नक्कली खुकुरी चुरोट

२०८० आश्विन १०, बुधबार १६:१६

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति