MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

जसपाभित्र पटक–पटक किन हुन्छ विवाद ?

मधेशटप by मधेशटप
२०८० आश्विन २०, शनिबार १७:१५
0
जसपाबाट १४ नेताकार्यकर्ता हटाइयो

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपाल (जसपा) को सबैभन्दा बढी विवाद हुने जिल्ला हो पर्सा । अहिले जिल्ला अध्यक्षमा विवाद भएपछि मधेस प्रदेश कमिटीले हस्तक्षेप गरेको छ । एउटा समूहले अर्को समूहका अध्यक्षलाई हटाएपछि मधेस पार्टीको प्रदेश कमिटीले त्यसको अध्ययनका साथै कमिटी पुनर्गठनका लागि कार्यदल गठन गरेको छ । कार्यदलले आफ्नो काम पनि सुरु गरिसकेको छ ।

असोज १० गते वीरगञ्जमा जसपा जिल्ला समितिको एउटा समूहको बैठकले बहुमतको निर्णय भन्दै रामनरेश यादवलाई जिल्ला अध्यक्षबाट हटाएर बहुदरामाइ नगरपालिकाका मेयर सिंहासन साह तेलीलाई अध्यक्ष बनाएको थियो ।

तर, रामनरेश यादवले त्यो निर्णय नमान्ने भएका छन् । यादव र तेलीले आफूलाई जिल्लाको अध्यक्ष दावी गर्दै राजनीतिक गतिविधि गरिरहेका छन् ।

उता, मधेस प्रदेश कमिटीले हाल दुवै अध्यक्षलाई मान्यता दिएको छैन । मधेस प्रदेश कमिटीका एक सदस्यले भने, ‘दुवै अध्यक्ष आआफ्नो अडानबाट नहटेपछि हामी कमिटी नै पुनर्गठन गर्ने पक्षमा पुगेका छौं ।’ जिल्ला कमिटी पुनर्गठन गर्ने भएपछि अध्यक्षका लागि अजय सर्राफ, बृजमोहन तेली, प्रेमबहादुर पटेललगायत आकाँक्षी देखिएका छन् । पार्टीको नयाँ विधान अनुसार जिल्ला जिल्लाका समिति पुनर्गठन गर्ने काम भइरहेको छ । त्यही अनुसार पर्साको कमिटी पनि पुनर्गठन गरिने ती नेताले बताए ।

पार्टीको एउटा समूहको बैठकले हटाएपछि रातोपाटीको सम्पर्कमा आएका रामनरेश यादवले भने, ‘दुई चार जना टाठाबाठाले बैठक बसेर होहल्ला गर्दैमा अध्यक्षबाट हट्ने कुरा हुँदैन । बहुमत छ भनेर हुन्छ, बहुमत देखाउनु पर्यो नि ?’ पार्टीको अध्यक्ष विनाको जिल्ला समितिको बैठक कस्तो बैठक हो, आफै अनुमान गर्नुहोस् भन्दै उनले पर्सा जिल्लाको अध्यक्ष आफू नै रहेको बताए ।

रामनरेश ४ वर्षसम्म पार्टीको जिल्ला अध्यक्ष हुँदा अधिवेशन गराउन नसकेको, जिल्लामा पार्टी कमजोर भएको लगायत कारण देखाउँदै उनलाई हटाइएको दावी पार्टी नेता तथा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले बताए ।

यसै गरी, मधेस प्रदेश कमिटीका अध्यक्ष रामबाबु यादवको संयोजकत्वमा विवाद समाधान गर्न गठन भएको कार्यदलमा प्रदेश कमिटीका उपाध्यक्षद्वय रामपृत पासवान र सुशिल कुमार यादव, मुख्य सचिव दिनेश कुमार यादव तथा सचिव युसुफ अली सदस्य रहेका छन् ।

प्रदेश अध्यक्ष रामबाबु यादवले पर्सामा देखिएको विवाद कार्यदलले अध्ययन तथा अध्ययनबाट जे निष्कर्ष आउँछ, त्यही अनुसार अगाडि बढ्ने बताए ।

४ वर्ष कार्यबाहककै भर

२०७५ माघमा जसपाका केन्द्रीय सदस्य एवं वर्तमान सांसद प्रदीप यादव जिल्ला अधिवेशनबाट जसपा पर्साको अध्यक्ष चयन भएका थिए । उनी विरुद्ध उम्मेदारी दिएका मञ्जुर अन्सारीले केवल चार मत मात्र ल्याएका थिए ।

प्रदीप यादव जिल्लाको अध्यक्ष भएको छ महिनापछि अभागी ठहरिए । लाटभिया देशको राजधानी रिगामा भएको ‘इन्टरनेशनल नेटवर्क अफ पार्लियामेन्टेरियन अन फ्रि तिब्बत’ को कार्यक्रममा सहभागी भएको आरोपमा २०७६ असारमा ६ मा केन्द्रीय समितिको बसेको बैठकले उनलाई निलम्बन गर्यो ।

प्रदीप यादव जिल्ला अध्यक्षबाट हटेपछि विधानअनुसार कार्यबाहक अध्यक्ष उपाध्यक्ष सुन्दर कुर्मीलाई बनाइनुपर्ने थियो । तर, पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको जोडबलमा जिल्ला सदस्य रहेका रामनरेश यादवलाई कार्यबाहक अध्यक्ष बनाइयो ।

त्यसरी जिल्ला सदस्यलाई जिल्ला अध्यक्ष बनाइएपछि जिल्ला पार्टी कमिटीमा झन असन्तुष्टि बढ्यो । उपाध्यक्ष सुन्दर कुर्मीले आफू कार्यबाहक अध्यक्ष हुन नपाएकोमा अन्तुष्टि जनाइ रहेको बेला उनलाई विभिन्न प्रलोभनमा पारेर थामथुम पारियो ।

प्रदीप यादव निलम्बनबाट फुकुवा भएपछि पनि पार्टीले रामनरेश यादवलाई नै कायम राखेको थियो । प्रत्येक दुई दुई वर्षमा अधिवेशन गराउने प्रावधान हुँदा हुँदै अध्यक्ष यादवले विभिन्न बहानामा त्यसलाई टार्दै गए ।

विजय सरावगीले पार्टी छाड्ने तयारी गरिरहेको बेला उनलाई कार्यवाहक अध्यक्षबाट हटाउने कुरा पनि भएको थियो । तर, कार्यबाहक अध्यक्षबाट हटाए आफू पनि पार्टी छाड्ने धम्की दिएपछि स्थानीय चुनावसम्म उनलाई नै कायम राखियो ।

स्थानीयदेखि प्रतिनिधि सभाको चुनाव सकिएपछि पनि जिल्ला अधिवेशन गराउने नाम नलिएपछि पटक पटक जिल्लामा विवाद उत्पन्न भएको थियो । कतियौं पटक केन्द्रीय अध्यक्ष उपेन्द्र यादव आफै गएर पनि विवाद समाधान गरेका थिए ।

अहिले जिल्ला कमिटीको बहुमत सदस्यको बैठक बसेर उनलाई हटाएको पर्साका नेताहरु बताउँछन् । उनलाई हटाएपछि अहिले मधेस कमिटी कार्यदल गठन गरेर नै हस्तक्षेपकारी भूमिकामा आएको छ ।

Previous Post

नापी कार्यालय लहानमा विचौलियाको रजगज, विनाघुस हुँदैन सेवाग्राहीको काम

Next Post

साह जसपामा प्रवेश

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०८० आश्विन २०, शनिबार १७:१५
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०८० आश्विन २०, शनिबार १७:१५
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०८० आश्विन २०, शनिबार १७:१५
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०८० आश्विन २०, शनिबार १७:१५
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०८० आश्विन २०, शनिबार १७:१५
बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ
समाचार

बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ

२०८० आश्विन २०, शनिबार १७:१५

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति