जनकपुरधाम । मधेश प्रदेशमा मिटर ब्याजी बिरुद्धको उजुरी बढीरहेको छ ।
तरपनि मिटरब्याजीहरुले चर्को ब्याज लिने अनि ऋणीको जग्गा कब्जा गर्ने नियतलाई त्याग गर्न सकेका छैनन् ।
यसैक्रममा धनुषामा फेरि एउटा मिटर ब्याजीको ठुलो घटना सार्बजनिक भएको छ ।
साबिक धनुषाको कुर्था गा.वि.स.को वडा नं.१ मा निवासी ३४ बर्षिया गायत्री देवी यादवले फर्जी तमसुकको आधारमा ११ धुर घडेरी जग्गा कब्जा गरेको आरोप पीडित
ऋणी पक्षको रहेको छ ।
ऋणी पक्षका गोविन्द पासवानले आफुले रु. २० हजार मात्र ऋण लिएको स्वीकार गरेको भएपनि त्यसको चौगुणा रु.८०,०००÷( को फर्जी कपाली तमसुक बनाइएको छ ।
कपाली तमसुकमा धनिको नागिरिक्ता नम्बर र जारी मिति समेत उल्लेखै छैन । साथै ऋणीको पनि कपालि तमसुकमा सरकारी कागजातको स्पष्ट प्रमाण उल्लेख गरिएको छैन ।
ऋण दिने धनी गायत्री देवी यादवले फर्जी कपाली तमसुक आधारमा गोविन्द पासवानको ५० लाख भन्दा बढी मुल्यको जग्गा हडपेको आरोप छ ।
पीडित भएपछि पीडित गोविन्द पासवानले न्यायको लागि विभिन्न निकायमा गुहार लाएका छन् ।
पीडित पासवानले उचित न्यायको लागि अनुचित लेनदेन एउटा मिटर ब्याज कार्यालय धनुषामा उजुरी दर्ता गराएको बताए ।
Discussion about this post