MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

एसपीका कारण सिंगो प्रहरी बदनाम, निलम्बन सिफारिस अलपत्र

मधेशटप by मधेशटप
२०८० कार्तिक २, बिहीबार १७:३८
0
एसपीका कारण सिंगो प्रहरी बदनाम, निलम्बन सिफारिस अलपत्र

काठमाडौं । एक विवादास्पद प्रहरी अधिकृतका कारण सिंगो प्रहरी संगठन नै बदनाम भएको छ । तर, राजनीतिक दबाबका कारण ती अधिकृतमाथि कारबाही गर्न प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयले आँट गरेको छैन । धनुषाका एसपी विश्वराज खड्काका कारण यति बेला नेपाल प्रहरीमाथि अनेक प्रश्न उठेका छन् ।

जनकपुरकी आरती साहको हत्या घटनामा प्रहरीले राम्रोसँग अनुसन्धान नगर्दा एसपी खड्का मात्र होइन सिंगो प्रहरीको आलोचना भएको छ । साहका परिवार चार महिनादेखि काठमाडौंको माइतीघरमा धर्नामा बस्दै आएका छन् । एसपी खड्का र डिएसपी वेदप्रकाश गौतमलाई कारबाहीको माग राख्दै उनीहरु धर्नामा बसेका हुन् ।

दाइजोको विषयमा यातना दिएर आरतीको हत्या गरिएको परिवारको दाबी छ । सुरुमा प्रहरीले जाहेरी दर्ता गर्न नै खोजेको थिएन । आरोपी पक्षलाई जोगाउन खोजेपछि पीडित र प्रहरीबीच सुरुमै सम्बन्ध राम्रो हुन सकेन । पछि प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दा चलायो । त्यसमा आरतीका आमा लगायत परिवार सन्तुष्ट हुन सकेनन् ।

शरीरमा नीलडाम भएको आधारमा कुटपिटबाट हत्या भएको आरतीका परिवार बताउँछन् ।

डिएसपी गौतमले त पीडित परिवारलाई कुटपिट तथा दुर्व्यवहार समेत गरेका थिए । उनको धनुषाबाट सरुवा भएको छ तर कारबाही भएको छैन ।

विभिन्न छानबिन समितिले पनि एसपी र डिएसपीलाई कारबाहीको सिफारिस गरेको छ ।

संसद्को महिला तथा सामाजिक मामिला समितिले एक महिनाअघि नै एसपी र डिएसपीलाई निलम्बन गर्न सिफारिस गरेको थियो ।

तर, गृह मन्त्रालयले सो सिफारिस कार्यान्वयन रोकेको छ । प्रहरीकै आन्तरिक छानबिनले पनि प्रहरीले घटनालाई राम्रोसँग ह्यान्डल गर्न नसकेको उल्लेख छ ।

यती हुँदा पनि एसपी खड्कामाथि कारबाही हुन सकेको छैन । किनकि काँग्रेसका नेताहरुले उनलाई कारबाही नगर्न गृहमन्त्री र प्रहरी नेतृत्वलाई दबाब दिँदै आएका छन् ।

कार्यक्षमता र आर्थिक अनुशासनमा कमजोर एसपी खड्का नेताकै आडमा सधैँ आकर्षक पोष्टिङ पाउँदै आएका छन् ।

डिएसपीमा मात्र उनले चार इन्चार्ज खाएका थिए । इप्रका गजुरीमा हुँदा घुस काण्डमा तानिएका उनी पछि पनि काठमाडौंको दरबारमार्ग वृत्तको प्रमुख भए । त्यही हुँदा सिनियरलाई उछिन्दै एसपीमा बढुवा भएका थिए । एसपी भएको केही महिनामै धनुषा गएका थिए ।

काँग्रेसका दिवंगत नेता खुमबहादुर खड्का भतिज पर्ने उनी प्रहरी भन्दा काँग्रेस कार्यकर्ता भएर काम गर्ने गरेको प्रहरी अधिकारी बताउँछन् । उनी गुप्तचरबाट कांग्रेसकै जोडमा नेपाल प्रहरीमा स्थानान्तरण गरिएका अधिकृत हुन् ।

इन्स्पेक्टरमा ललितपुरमा हुँदा एक लाख घुस मागेको काण्डमा परेपछि कारबाही भएको थिएन ।

यस पटक पनि पैसा र पावरकै बलमा उनी कारबाहीबाट जोगिने प्रयासमा छन् । जसको मूल्य सिंगो प्रहरी संगठनले चुकाउनुपरेको छ ।

यती विवादास्पद एसपीलाई सरुवा नगरिएको विषयमा प्रहरीका उच्च अधिकारीले नै आश्चर्य मानेका छन् ।सभार : अनलाइन नेपाल

Previous Post

जनकपुरधाममा पहिलो पटक “स्वास्थ्य शनिबार अभियान“

Next Post

शृंगारियो राजदेवि मन्दिर

Related Posts

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित
Banner News

प्रियान्शु पाण्डेय र अमित मण्डल “मिथिला आइकन २०२५”को विजेता घोषित

२०८० कार्तिक २, बिहीबार १७:३८
मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०८० कार्तिक २, बिहीबार १७:३८
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०८० कार्तिक २, बिहीबार १७:३८
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०८० कार्तिक २, बिहीबार १७:३८
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०८० कार्तिक २, बिहीबार १७:३८
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०८० कार्तिक २, बिहीबार १७:३८

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति