जलेश्वर । महोत्तरी सदरमुकाम स्तिथ राजदेवि माता मन्दिर दशैको वेला दुल्हि झै शृंगारिएको छ ।
महोत्तरी सदरमुकाम जलेश्वर स्तिथ जिल्ला अदालत छेउमैं माता राजदेवीको भव्य मन्दिर रहेको छ ।
नगरको कुलदेवीको रुपमा पनि पुजिने माता राजदेवि मन्दिरको प्रांगण यसवेला दशैमा नवदुल्हि झै शृंगारिएको छ ।
सदरमुकाम जलेश्वर लगायत वरिपरिको गाउँ तथा अन्य जिल्ला बाट आएका श्रद्धालु भक्तजनहरूको बाक्लो उपस्थितिले यो मन्दिरको सौंदर्यतमा ‘सुनमा सुगन्ध’ थपेको छ।
राजदेवि माता पुजाको व्यवस्थापन का लागि यस वर्ष जिम्मेवारी पाएका राजदेवि युवा क्लबले सम्पूर्ण तयारी पुरा भईसकेको जानकारी दिएका छन ।
साज सज्जा,मन्दिर सरसफाई,भजनकिर्तन लगायत दर्शनार्थीहरूको सहज दर्शनका निम्ति समितिको तयारी पुरा भईसकेको पुजा व्य्वस्थापन समितिका अध्यक्ष सुमित साहले बताएका छन ।
विजयदशमीको सप्तमी,अष्टमी,नवमी तथा विजयदशमीको दिन समम् माता राजदेवि लाई बलि प्रदान हुँदै आएको समितिले जनाएको छ।
प्रत्येक वर्ष झै यस वर्षपनि धूमधामका साथ पुजा सफल बनाउन सक्रियता साथ ख्टदै पुजा व्यवस्थापनका लागि आवश्यक सहयोग जुटाउने प्रयास पनि भईरेहेको पुजा व्यवस्थापन समितिका उपाध्यक्ष सुभाष कुमार साहले बताएका छन ।
Discussion about this post