जलेश्वर । झिझिया कार्यक्रममा सहभागि महिलाहरुलाई एक कार्यक्रमबीच साड़ी र सुट वितरण गरिएको छ ।
महोत्तरीको पिपरा गाउँपालिका वडा नं ५ बौधी माई मन्दिरको प्रांगणमा भएको झिझिया नृत्य कार्यक्रममा सहभागी र कार्यक्रममा आएका झिझिया टीमको मनोबल बढाउनको लागि पिपरा गाउँपालिकाको तर्फबाट १०० थान साडी र २५ थान सुट प्रदान गरियो ।
कार्यक्रममा मधेश प्रदेशका मुख्यममन्त्री सरोज कुमार यादव, युवा तथा खेलखुद मन्त्री सुरिता साह, पूर्व कृषि मन्त्री हरिनारायण यादव, गाउँपालिकाका उपाध्यक्ष वान्दन पाण्डेय, सम्पूर्ण वडा अध्यक्ष, लगायतको उपस्थित रहेको थियो
त्यस्तै, उपाध्यक्ष पाण्डेयले भनिन “बौधी माई मन्दिरको विकास नै पिपरा गाउँपालिकाको पर्यटकीय विकास हो, र यसको विकासको लागि हामी निरन्तर कार्यरत छौ । हाम्रो प्रयास छिटै सफल हुनेछन ।
मुख़्यमन्त्री यादवले समेत उपाध्यक्ष पाण्डेयको विचारबाट सहमत हुँदै, प्रदेशस्तर बाट यहाँको बिकासकोलागि आवश्यक कार्यक्रम संचालक गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
Discussion about this post