जलेश्वर । महोत्तरीको लोहरपट्टी नगरपालिका -७ भ्रमरपुुरामा घर आंगन नियमित बचत तथा ऋण सहकारी संस्थाको बाह्रौं वार्षिक साधारण सभाबाट सञ्चालक समितिमा पुनः लक्ष्मेश्वर ठाकुरलाई चयन गरिएको छ ।
एक दिवसीय कार्यक्रममा समितिको उपाध्यक्षमा रौशन मिश्र, कोषाध्यक्षमा कंचन कुमारी ठाकुर, सचिवमा सुजित कुमार शर्मा,र सदस्यहरुमा प्रमोद गुप्ता,रघुनाथ यादव , भारत मिश्र, ललिता देवी लगायतलाई सर्वसम्मत चयन गरिएको छ ।
त्यस्तै, कार्यक्रममा लोहारपट्टी नगरपालिकाका नगर प्रमुख शैंलेन्द्र कुमार यादव,उपप्रमुख सरिता शर्मा, वडा नं. ७ का वडाध्यक्ष गणेश ठाकुर लगायत विभिन्न पार्टीका प्रतिनिधिहरु, बुद्धिजिवीहरु लगायत पत्रकार एवम संस्थाका पदाधिकारी,शेयर सदस्यहरुको विशेष उपस्थितिमा सो शत्र सम्पन्न भएको थियो ।
सो सभा नेपालको राष्ट्रिय गानबाट शुुभारम्भ गरिएको थियो । देशमा प्रजातन्त्र, गणतन्त्र ल्याउन आफ्नो ज्यान गुुमाएका सहीदहरुप्रति श्रद्धाञ्जली दिएर सो कार्यक्रम संचालन गर्नुका साथै स्वागत मन्तव्य संस्थाका कर्मचारी अशोक कुुमार रायले व्यक्त गरेका थिए ।
लेखा परिक्षण प्रतिवेदन प्रस्तुुति संस्थाका अध्यक्ष लक्ष्मेश्वर ठाकुुरले गरेका थिए । सो शत्रमा संस्थाद्वारा उत्कृष्ट ऋणी, उत्कृष्ट बचतकर्तालगायत समाजसेवी एवम प्रमुुख अतिथीहरुलाई सम्मान गरिएको थियो ।
उत्कृष्ट कर्मचारीहरुलाई लोहारपट्टी नपाका मेयर र उपमेयर यादव र शर्माले सम्मान गर्नुका साथै संस्थाको अध्यक्ष लक्ष्मेश्वर ठाकुुरलाई दुबैं जनाले सम्मान गरेका छन् ।
संस्थाले तिन जनालाई सम्मान गरेका छन् । उनीहरु डा. श्री राम शर्मा, इ. गौरी पाण्डित र नवल किशोर दुब्वेलाई अतिथि र अध्यक्षद्वयले सम्मान गरेका थिए ।
त्यस्तै, संस्थाका व्यवस्थापक जितेन्द्र कुमार चौधरी, उध्घोसक अशोक कुमार रायले आफ्नो मन्तव्य राखेका थिए ।
सो शत्रका वक्ताहरुले बचत गर्ने बानीको बिकास गर्न सबैसंग आग्रह गरेका छन् । सभामा संस्थाको चालु आ.व.२०८०/०८१ को बजेटको बारेमा पनि बताइएको छ ।
सोही दिन कार्यलयको नव निर्मित भवनको उद्घाटनसमेत गरिएको थियो।
Discussion about this post