जनकपुरधाम । सांस्कृतिक कार्यक्रमका नाममा मधेश प्रदेशका ग्रामीण तथा शहरी क्षेत्रमा धार्मिक मेला तथा महोत्सवका लागि विगतमा आयोजना गरिएका प्रायः कार्यक्रमले समाजलाई अश्लिल गीत तथा नृत्यको साक्षी बन्न र उक्त आयोजित कार्यक्रम भिड जुटाउने माध्यम मात्र भएको दावि गर्दै महोत्तरी जलेश्वर नगरपालिका ५ पतैलीका युवाहरु अश्लिलता लाई निरुत्साहित गर्न सांस्कृतिक साँझको आयोजना गर्ने तयारीमा जुटेका छन।
कलाकारले मञ्चमा प्रस्तुत गरेका कला भन्दा आयोजक र दर्शकले रुचाउने प्रस्तुति बाट मन्गय आमदानी हुने सोचले कलाकारलाई अश्लिलताको बाटो रोज्नु पर्ने हुुन्छ वा कतिपयले यसलाई नै मुल कमाई र कला ठान्ने गरोकोले पनि सांस्कृतिक कार्यक्रमको अर्थ र मान्यता धरासायी हुने अवस्थामा पुगेको आयोजक युवाहरुको तर्क छ ।
भिड जुटाउनका लागि मात्र गरिएको आयोजन भन्दा समाजलाई वास्तविक कलाको अनुभुति गराउन सक्ने प्रस्तुतिले कला प्रतिको रुचि र सम्मानलाई जीवित राख्छ भन्ने लक्ष्यका साथ कार्यक्रम आयोजना गर्न अनुरोध गर्दै ।
महोत्तरीको जलेश्वर नगरपालिका ५मा पतैली सांस्कृतिक महोत्सव–गजल साँझ कार्यक्रम आयोजना हुन गईरहेको छ ।
पतैली सांस्कृतिक महोत्सव–गजल साँझ कार्यक्रम पतैली ब्रम्हस्थान बाटिकामा मंसिर १गते पतैली युवा समाज द्धारा आयोजना हुने आयोजकर्ता स्थानिय युवाहरुले जनाएका छन ।
मैथिलि,नेपाली तथा हिन्दी गीत संगीत गजल सँगै नृत्य प्रस्तुत गर्न स्थानिय तथा देशका प्रतिष्ठित कलाकारहरुको उपस्थिति पतैली सांस्कृतिक महोत्सव–गजल साँझ कार्यक्रमा हुने जनाईएको छ ।
परिवारका सम्पूर्ण सदस्य एकठाँउ एकसाथ एउटै कार्यक्रम निर्वाध निसंकोच भई मन्त्रमुग्ध हुनेगरी मनोरंजित गर्ने कार्यक्रम हुने आयोजक पतैली युवा समाजले जनाएको छ ।
Discussion about this post