जनकपुरधाम । नेपाली काँग्रेस धनुषाका प्रभावशाली युवा नेता प्रवेश चौधरी साउथ एशियन फ्रेन्डशिप कन्फ्रेन्समा सहभागी हुने भएका छन ।

भारतको कानपुरमा कार्तिक ३० गते देखि मंसिर २ गते आयोजना हुने सम्मेलनमा दक्षिण एशियाका ८ वटा मुलुकको प्रतिनिधिहरु सहभागी हुने छन ।

साउथ एशिया फ्रेटरनिटी (SAF)ले आयोजना गर्न लागेको सम्मेलनमा नेपालबाट तीन जना प्रतिनिधिहरु सहभागी हुने छन ।

नेपालबाट चौधरी सहित मदन भण्डारी र संजिव अधिकारीले नेपालको प्रतिनिधित्व गर्ने छन ।

सम्मेलनमा भाग लिन तीनै जनाको टोली बुधवार त्यस तर्फ प्रस्थान गर्ने सम्मेलनका प्रतिनिधि अधिकारीले बताए ।

दक्षिण एशियाका राष्ट्रबीच भाईचाराको सम्बन्ध स्थापित गर्न South Asian fraternity (SAF)को गठन गरिएको थियो ।