उमेश कुमार साह: ५ मङ्सिर :मंगलबार
सप्तरी । बोदे बर्साईन नगरपालिकामा मोबाइल पसलमा आगलागी हुँदा झन्डै ११ लाखबराबरको क्षति भएको छ । सोमबार राति करिब ९ बजे बोदे बर्साईन नगरपालिका वडा नम्बर –५,बोदे बर्साईन बजारमा रहेको आर. एन इलेक्टि्रकल तथा मोबाइल पसलमा आगलागी भएको हो । विद्युत्को तार सर्ट भई आगलागी भएको ईलाका प्रहरी कार्यालय बोदे बर्साईनले जनाएको छ ।
बोदे बर्साईन बजारमा केही महिना देखि मात्रै संचालन गर्दै आएको बोदे बर्साईन नगरपालिका वडा नम्बर ७ मानराजा बस्ने कृष्णा पौडारले सञ्चालन गर्दै आएको मोबाइल पसलमा आगलागी भएको हो । राति ९ बजेतिर भएको आगलागी राति ९ :३० बजेतिर मात्र प्रहरी र स्थानीयको सहायतामा नियन्त्रणमा लिइएको थियो ।
क्षतिको पूर्ण विवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले बताए । आगलागीबाट झन्डै ११ लाखको क्षति भएको पसल सञ्चालक पौडारले बताए ।
Discussion about this post