जनकपुरधाम । धनुषाको सपहीमा वृहत विशेषज्ञ स्वास्थ्य शिविर हुने भएको छ ।
लक्ष्मनियाँ गाउँपालिका वडा नं. ४ सपहीस्थित समुदायिक विद्यालयमा आउँदो मँसिर ९ गते शनिबारको दिन विभिन्न रोगहरुको चेकजाँच तथा उपचारको व्यवस्था मिलाउने व्यवस्थापन पक्षका श्रवण कुमार साहले जानकारी दिए ।
मँसिर ९ गते विहान ८ बजेदेखि साँझ ४ बजेसम्म निःशुल्क स्वास्थ्य शिविर सँचालन हुने साहले बताए ।
उनका अनुसार, बालरोग, हड्डी, नशा, जेनेरल फिजिसिएन, स्त्री तथा प्रसुतिरोग, जेनेरल सर्जरी, छाला तथा यौनरोग, मुख रोक, नाक, कान घाँटी रोगहरुको चेकजाँच तथा उपचार हुने भएको छ ।
लायन्स क्लब अफ जनकपुरधाम मिथिलाञ्चल र लक्ष्मीनियाँ गाउँपालिका वडा नं. ४ सपहीको सँयुक्त आयोजनामा सो शिविर सँचालन हुने भएको छ ।
Discussion about this post