उमेश कुमार साह :१३ मङ्सिर : बुधबार
बोदे बर्साईन । सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर ८ काचनमा रहेको श्री राजाजी जनता माध्यमिक विद्यालय काचनको ६५ औं बार्षिकउत्सव कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री माननीय महेश यादवले हरेक क्षेत्रको विकासको लागि शैक्षिक क्षेत्र महत्वपुर्ण पाठ भएको बताउनुभएको छ ।
शैक्षिक सुधारका लागि मधेस प्रदेशका विभिन्न जिल्लामा महत्वपुर्ण काम भएको छ र हाम्रो क्रम जारी नै छ।त्यसमा सहकार्य गर्नको लागि आफुहरु निरन्तर लागि परेको मन्त्री यादवले बताए ।
काचन गाउँमा रहेको यो बिधालयले विधार्थी गाउँमा लगेर पठनपाठन गराउन सफल भएको बताउनुभएको छ ।वार्षिक उत्सव कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सत्य नारायण यादवले आगामी दिन हरुमा भावी योजना तथा रणनीति प्रस्तुत गर्दै विद्यालयलाई नगरपालिकाकै एक नमुना विद्यालयको रुपमा स्थापित गर्ने बताउनु भएको थियो ।
कार्यक्रममा शैक्षिक सत्र २०८० मा कक्षागत रुपमा र विद्यालयबाट प्रथम, दृतीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार र प्रमाण पत्र वितरण गरिएको थियो। कार्यक्रमका बिशिस्ट अतिथी प्राज्ञ नेपाल प्रतिस्ठानका सदस्य डा .सुर्य नारायण यादव , नगर शिक्षा अधिकृत राम सागर यादव , वडा अध्यक्ष बैधनाथ चौधरी , लगायतको उपस्थिति रहेको थियो । बिधालय व्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर यादवको अध्यक्षतामा भएको कार्यक्रमलाई विद्यालयका शिक्षक राम चलित्र चौधरीले उध्घोसक गरेका थिए ।
Discussion about this post