वीरगंज । जिल्ला प्रहरी कार्यालय, बाराले २ करोड ८३ लाख मूल्य बराबरका सामान सहित दुई वटा ट्रक नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय, अमलेखगंजले शुक्रबार स्रोत खुलाउन नसकेपछि दुई ट्रकलाई नियन्त्रणमा लिइएको छ ।
वीरगंजबाट काठमाडौं जाँदै गरेको ना ७ ख १६५२ र ना ८ख ४१६५ नम्बरका ट्रक चेकजाँच गर्ने क्रममा बिलबीजकभन्दा बढी स्रोत खुलाउन नसकेको २ करोड ८३ लाख ८९ हजार मूल्य बराबरका विभिन्न सामान लोड ट्रक नियन्त्रणमा लिएको छ ।
यसैगरी, प्रहरी चौकी पथलैयाले वीरगंजबाट काठमाडौं जाँदै गरेको ना ८ ख ७२४४ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको छ ।
सो ट्रकबाट बिलबीजकभन्दा बढी स्रोत खुलाउन नसकेको ७७ लाख ६ हजार मूल्य बराबरको खुद्रा सामान भेटिएपछि ट्रक नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय, पथलैयामा बुझाएको छ ।