जनकपुरधाम । जनकपुरधामको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले “भिजिट जनकपुरधाम २०२४” अभियान सञ्चालन गरिएको छ ।
बुधबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अभियान चलाइएको कार्यक्रमका संयोजक अम्बुप्रसाद साहले जानकारी दिए ।
अभियान अन्तर्गत विभिन्न प्रकारका विचार गोष्ठी, विभिन्न ठाउँको भ्रमण, बाहिरबाट आएका पर्यटकहरूलाई जनकपुरधाममा स्वागत गर्ने, पर्यटकहरूसँग सुमधुर व्यवहार गर्ने, नयाँ नयाँ ठाउँको विकास तथा सौन्दर्यीकरण गर्ने लगायतका कार्यक्रम रहेको साहले जानकारी दिए ।
जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले जनकपुरधामको सरसफाई तथा पर्यटकीय स्थलको सौन्दर्यीकरणलाई उपमहानगरपालिकाले प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।
त्यस्तै, अभिभावक प्रो. भोगेन्द्र झा,मार्गदर्शक राजेन्द्र विमल संरक्षक – मेयर मनोज कुमार साह, जा उ वा अध्यक्ष जितेन्द्र कुमार महासेठ पर्यटन विग – रूपेश कुमार सिंह, ब्रान्ड एम्बेस्डर – रोशन दास पवन सिंहानिया, सांसद राम आशिष यादव , सासंद मनिष झा, हरिशंकर साह सहकार्य, जनकपुरधाम उपमहानगर पालिका, मधेश प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड प्रचार प्रसार समिति संयोजक दिपक गुप्तालाई जिम्मेवारी दिइएको छ ।