व्यक्तिगत सम्पर्कको आधारमा हुँदै आएको जग्गा कारोबार पछिल्लो समय संस्थागत बन्दै गएको छ । जनकपुरधाममा जग्गाको कारोबारलाई संस्थागत रुपमा व्यवसायीक बनाउँदै आएका छन् जनकपुरधामका युवा  हरे राम साहले । कृषि तथा सहकारी तथा विभिन्न सामाजिक संस्थामा काम गरेर केही वर्षमै विभिन्न क्षेत्रको अनुभव लिइसकेका हरे राम साहले भने घरजग्गाको कारोबार सहित र्बोकेज र मोर्गज सेवालाई विशेष प्राथमिकता दिएका छन् । उनले जनकपुरधाम उपमहानगरपालिका -१६ कप्लेश्वर स्थित रेखा प्रोपर्टी डिलर्स प्रा. लि. को नामले कम्पनी सञ्चालन गरेका  छन् ।

कप्लेश्वरमा सञ्चालन रहित रेखा प्रोपर्टी डिलर्स कम्पनी सञ्चालनमा ल्याएका साहसँग कम्पनीको सेवासुविधाका विषयमा मधेशटप डटकमले गरेको कुराकानीको सम्पादित अंश ।

रेखा प्रोपर्टी डिलर्स कस्तो कम्पनी हो ?

यो कम्पनी र्बोकेज र मोर्गजलाई विशेष प्राथमिकता दिदै सँगै अरु कार्यहरु पनि गर्दै आइरहेको कम्पनी हो । रियल स्टेट र्बोकज अन्तर्गत खरिद बिक्री, भाडा र मोर्गेज अन्तर्गत कुनै पनि कर्जाको लागी सहजीकरण एउटा मोर्गेज ब्रोकरको रुपमा काम गर्छ । त्यस्तै प्रोपटी सगँ सम्बन्धी संरचना निर्माण तथा कानुनी सहायता दिदै आइरहेको छ । घर नक्सा बनाउने तथा संरचना निर्माण देखी इन्टेरियर डिजाइन सेवा पनि दिन्छ । कुनै पनि व्यक्तीले आफूले चाहे जस्तो बजार मूल्यमा बेच्न खोजेको सम्पत्ति बेच्नको लागि हामी सहजकर्ताको रुपमा सेवा दिनेछौं ।

कम्पनी खोल्नुको मुख्य उद्देश्य ?

मेरो घरपरीवार पहिला देखिनै सामान्य घरजग्गाको कारोबार गरिरहेको थियो त्यती बेला किन्ने मानिस भन्ने बित्तिकै नपाउने बजार मूल्यमा कारोबार गर्न एकदम असहज जस्तै परिस्थिति थियो । मेरो रुचि पनि त्यही क्षेत्रमा रहेकोले एउटा कम्पनि स्थापना व्यवसायीक रुपमा काम गर्ने मन लाग्यो । क्रेताले पनि भने जस्तो राम्रो मूल्य नपाउने, र बिक्रेतालाई पनि बेच्न विभिन्न समस्या भोगिरहनु परेको छ । यसलाई समाधान गर्न स्थापना भएको हो, रेखा प्रोपर्टी डिलर्स कम्पनी । अहिले बेचबिखनमा काम गरिरहे पनि हाम्रो मुख्य उद्देश्य भनेको भोलि गएर डेभलपपीङ सेक्टरमा काम गर्नु नै हो । हामीले विदेशमा हेर्दै आइरहेको छौं, बिकास निर्माणको काम योजनाबद्ध ढंगले हुने गरेको पाईन्छ तर नेपालको परिपेक्षमा अब आएर त्यस कुरामा ध्यान दिन थालेका छौं । हाम्रो शहरहरु कुनै अनप्लान छन् हामी त्यसलाई सुधारेर एउटा व्यवस्थित शहर बनाउनु नै हाम्रो उद्देश्य हो । हामीले काम गर्ने क्षेत्रहरुको आरकिटेकको काम २ प्रतिशत मात्रै पनि योजना अनुसार काम गर्न पाउने हो भने पनि शहरको मुहारनै परिवर्तन हुन्छ । योजनाबद्ध तरीकाले निर्माण गरिएको बिकासका संरचनाहरु आज र भोलिको  लागि  मात्र नभएर वर्षौ सम्म रहिरहन्छ ।

कम्पनीको कार्य क्षेत्र कहाँ सम्म रहेको छ ?

कम्पनी सञ्चालन गर्न थालेको पनि ५ वर्ष पूरा भइसकेको छ । पहिलो वर्षलाई हामीले ट्रायल फेजको रुपमा लिएका थियौ, त्यसपछि अर्को वर्ष हामीले लोकल एरियामा मात्र काम गर्दे आइरहेका थियौं । ट्रायल फेजमा काम गरिसकेकोले अब हाम्रो शाखा जनकपुरधामको भानु चोकमा विस्तार गरिएको छ । त्यस्तै मधेश प्रदेशको मुख्य शहरहरु जनकपुरधाम, हो त्यसपछि सम्भवत हामी केही महिना भित्र सेवा क्षेत्रलाई मधेशको मुख्य शहरहरुमा विस्तार गर्ने लक्ष्य लिएका छौं ।

यो क्षेत्रलाई नकरात्मक रुपमा हेरिन्छ, यही पेशामा तपाईको रुची चै किन ?

मलाई यो क्षेत्रमा भन्दा पनि विशेषगरी कृषि क्षेत्रमा बढी रुची थियो । तर,नेपालको तुलनामा विदेशमा योजनाबद्ध तरीकाबाट घर निर्माण हुने गर्छ त्यसैले पनि मलाई विदेशका घरहरु प्रति आकर्षण बढ्न थाल्यो । नेपालमा पनि यस्तै गर्न सकिन्छ कि भन्ने सोच आयो । त्यसै क्रममा मेरो घरपरीवारमा सामान्य जग्गा किनबेच गर्ने हुनाले पनि मेरो साथी संगत त्यता तिर बढ्न थाल्यो । त्यसै बेला मैले सोचे कि किन न यस क्षेत्रमा राम्रो बेला यो क्षेत्र प्रति आकर्षण बढ्यो पत्तै भएन् । मैले त्यसक्रममा विभिन्न क्षेत्रहरुमा काम गरिसकेको थिए । आफ्नै व्यवसायहरु समेत सञ्चालन गरिसकेको थिए । त्यस्तै मैले सहकारीको सञ्चालक समितिमा समेत रहेर काम गर्दै गर्दा अब केही गर्नु पर्छ भन्ने लाग्यो त्यसैले यो कम्पनी सञ्चालन गरेको छु ।

अहिले विकसित शहरहरुमा यस्ता खालका कम्पनीहरु भर्खरै मात्र स्थापना हुँदै गरेकाले मानिसहरुले यस्ता कम्पनीहरुलाई र काम गर्ने मानिसहरुलाई अर्कै नजरबाट हेर्ने गरेको पाइन्छ । तथापी अहिले धरानमा मात्र पनि ३/४ वटा यस्ता किसिमका कम्पनीहरु सञ्चालनमा आएसँगै मनिसहरुको नजर परिवर्तन हुन थालेको मैले बुझेको छु ।

सम्भावना छैन भन्दै विदेशीने नेपाली युवाहरुलाई के भन्नु हुन्छ ?

नेपालमा सम्भावना नभएको भन्ने चै मलाई लाग्दैन । नेपाल यस्तो देश हो जहाँ सम्भावना धेरै तर काम गर्नु भन्दा राम्रो विदेश पलायन हुन बढी खाज्छन् । हेर्ने आ-आफ्नो नजर हो कसैले सम्भावना देख्नु हुन्न, त कसैले नेपालमै सम्भावना देखेर विदेशबाट फर्किएर यहीँ काम गरिरहनु भएको छ । नेपाली युवाहरु विदेश जादाँ केही फाइदा त भएकै छ भने धेरै चै नेपाललाई घाटा भएको देखिन्छ । नेपाली युवाहरुकै कारण नेपालमा विदेशी मुद्रा भित्रिएको कुरा सबैलाई जानकारी नै छ, तर विदेशी मुद्रा भित्र्याउन विदेशनै जानुपर्छ भन्न खोजेको हैन् । यही भइरहेको हामीले गरिरहेकै कामलाई अलिकति परिमार्जन गरेर गर्ने हो भने धेरै सम्भावनाहरु नेपालमै छन् । जस्तै उदाहरणको लागि हामी कृषि क्षेत्रलाई लिन सक्छौं । नेपाल कृषि प्रधान देश हो । हामीले अहिले पनि पुरानै तरीकाबाट खेती गरिरहेका छौं, त्यसलाई परिमार्जन गरेर आधुनीक तरीकाबाट गर्ने हो भने यही बाट राम्रो आय गर्न सकिन्छ । सरकारले कृषि क्षेत्रलाई विशेष प्राथमिकताका साथ विभिन्न अनुदानहरु ऋण सहुलियत दिइरहेको छ तर, त्यो सुविधा वास्तवमा कृषकहरु माझ पुग्न सकेको छैन् । अहिलेका युवाहरु जती सबै बाहिरी मुलक जानाले कृषि क्षेत्रमा अलिकति उमेर खाएकै हुनुहुन्छ, उनीहरुलाई निति नियम राज्यले दिन सुविधाका विषयमा थाहा नहुनाले पनि गैर किसानले त्यसको फाइदा उठाइरहेको मैले बुझेको छु । कृषि क्षेत्रमा मात्र नभएर नेपाल अरु पनि धेरै सम्भावनाहरु छन् ।

जग्गाको कारोबार गर्न कम्पनी नै किन रोज्ने ?

कम्पनी सँग कारोबार गर्नु र व्यक्ती सँग कारोबार गर्नु धेरै फरक छ । सेवाग्राहीलाई भने जस्तो जग्गा दिन सकेनौं भने त्यसको जिम्मेवार हामी हुन्छौं । हामी सँग काम गर्दा भोलिको दिन तपाईले खरिद गरेको कुनै पनि सम्पत्तिमा कुनै समस्या आएमा त्यसको जिम्मेवार हामी लिन्छौं । तर व्यक्ती सँग गरेको कुरामा त्यो हुँदैन । त्यस्तै धेरै सुविधाहरु एकैठाउँबाट लिन पाउनु हुन्छ । उदाहरणको रुपमा हामीले तपाईलाई बेचेको जग्गामा कुनै पनि किसिमको संरचनालाई व्यवस्थित गर्नु पर्‍यो भने हामी तपाईलाई त्यो सुविधा समेत दिन्छौं । साथै भोलिको दिनमा जग्गा खरिद गर्न वा संरचना बनाउन कर्जाको आवश्यक भएमा पनि सम्पूणर् प्रकृयामा सहयोग गर्छौ । बजारमा चलिरहेको भन्दा हामी कम सेवा शुल्कमा सेवा दिन्छौं ।