राजविराज । जनता समाजवादी पार्टी नेपालका सचिव तथा मधेश प्रदेशका पूर्व अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले वर्तमान एमाले-काग्रेस गठबन्धन सरकार संघीयता समाप्त गर्ने खेलमा लागेको आरोप लगाएका छन् ।
सप्तरीको भारदहमा बुधबार आयोजित जसपा नेपाल हनुमाननगर कंकालनी नगरपालिकाको नगर समिति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
उनले कहिले नमिल्ने काग्रेस-एमाले आफुले गरेको भ्रष्टाचार ठाकछोप गर्न नै गठबन्धन सरकार वनाएको आरोप लगाए । मधेश आन्दोलले देशमा संघीयता स्थापना गरेको जिकिर गर्दैउनले उनले बर्तमान गठबन्धन सरकार समाप्त गर्ने खेलमा लागेको बताए ।
तत्कालिन मधेशी जनअधिकार फोरम नेपालको अगुवाईमा मधेश आन्दोलनले संघीयता सहित आरक्षणबाट मधेशी जनताले पाउने गरेको अधिकार प्रति बर्तमान सरकार विच्लित भई शासनप्रणाली नै परिर्वतन गर्न लागि परेको साहले बताए ।
“जनतासंग जसपा नेपाल”आधारभुत निर्माण अभियान अन्तर्गत हनुमाननगर कंकालनी नगरपालिकाको नगर समिति घोषणा कार्यक्रमको अध्यक्षता केन्द्रीय अभियान्ता तथा जसपा नेपालका केन्द्रिय सदस्य शम्भु कुमार झाले गरेका थिए ।
झाले घोषणा गरेको २९ सदस्सीय नगर समितिको संयोजकमा कृष्ण कुमार यादव, सहसंयोजकमा जितेन्द्र कुमार खडगा, सविचवमा विन्देश्वर राउत, सहसचिवमा श्याम खेरवार यादव र कोषाध्यक्षमा सुभाष झा रहेका छन् ।
सदस्यहरुमा जितेन्द्र कुमार यादव,उपेन्द्र मण्डल,विनोद खडगा,रामजनम यादव,सिता साह,अनिरुद यादव,बेचन राय रहेका छन् ।
यसैगरी राज कुमार यादव, फुल कुमारी रजक,सुखिलाल मण्डल,विरेन्द्र मण्डल, राजेन्द्र मण्डल,जितेन्द्र यादव, बासिर मिया,फुलेन्द्र राउत, सुरेन्द्र यादव,सुकदेव यादव,जिवछ मण्डल,निकेश मण्डल,ब्रमहदेव मण्डल,ओम नारायण मण्डल,दिनेश मुखिया र काशिन्द्र मगरदैता सदस्य रहेका छन् ।
कार्यक्रममा जसपा नेपालका केन्द्रीय अनुसाशन समिति संयोजक जगदेव यादव, मधेश प्रदेश समिति सचिव दिनेश कुमार यादव, प्रदेश सदस्य तथा अभियन्ता विनोद यादव, जिल्ला अध्यक्ष केदार यादव, पूर्व प्रदेश सदस्य प्रर्शुराम यादव, पूर्व संघीय परिषद सदस्य श्यामदेव यादव लगायतले मन्तव्य व्यक्त गरे । कार्यक्रमको संचालन जिल्ला सहसचिव निलेश कुमार झाले गरेका थिए ।