जनकपुरधाम : युवा ज्योतिष ई. विवेक, जनकपुरधामको मात्र होइन नेपाल र भारतमा सहित अन्य देशमा पनि खोजिन थालेको नाम हुन । नयाँ भवनको निर्माण, शुभ कार्यको आरम्भ, कार्यालय र घरको वास्तु देखि हस्तरेखा, तिथिमिति, अनुकुल समयहरुको बारेमा जानकारी लिन नागरिकले खोज्ने व्यक्ति हुन उनी ।
कलिलै उमेरमा जनकपुरधामका चर्चित पण्डित आफना पिता वरिष्ठ ज्योतिष अशोक कुमार पाण्डेबाट प्रेरित भएर यसै क्षेत्रमा आफनो कलाकौशल देखाउन थालेका जनकपुरधाम वडा नं. ७ जानकी नगर निवासी उनी मात्र २६ वर्षको उमेरमा एस्ट्रोलोजी र बास्तुमा डाक्टरेट उपाधि प्राप्त गर्न सफल भएका छन् ।
लगनशिलता र मेहनतले जे पनि सम्भव छ भन्ने कुराको चरितार्थ गरेका युवा ज्योतिष विवेकले सो उपाधि ग्रहण गरिरहँदा उनी संगै डक्टरेट भइरहेका यसै क्षेत्रका पाको विज्ञहरु चकित थिए । ज्योतिष ई. विवेक पछिल्लो समय निर्वाचन र ठुल ठुला अभियानमा पनि सम्बन्धित उम्मेदवार र अगुवालाई भविष्य, सफलता र शुभ बाटोका लागि सल्लाह दिने गरेका छन् ।
देशका प्रधानमन्त्री देखि जनकपुरधामका विभिन्न क्षेत्र, संघ संस्थामा निर्वाचनका माध्यमले भएको सफलतामा उनको सल्लाह र सुझावको पनि योगदानको चर्चा भएको छ । कलिलै उमेरमा आफ्नो अध्यन्न, परिपक्वता र सटिक भविष्यवाणीका लागि उनको नाम अहिले प्राथमिकतामा हुन्छ । उनी भन्छन, “म सधै ज्योतिष र वास्तुको छेत्रमा रिसर्च र अध्यन्न जारी नै राख्ने छु र ज्योतिष तथा बास्तु जस्तो दुर्लभ बिद्यालाई बैज्ञानिक रुपले पनि जनमानसमा स्थापित गराउने छु ।’ सिघ्र नेपालमा पनि जर्मनीमा रहेको अत्याधुनिक “जर्मन स्ट्रोनोमिकल सोसाइटी“ जस्तो रिसर्च सोसाइटी खोल्ने उनको सपना छ ।