काठमाडौं । नेपालको न. १ डायरेक्ट सेलिंग कम्पनि आइबस ग्लोबल लाइफ इन्टरनेश्नल प्रा.लिले आइबसको कार्यकारी निर्देशकमा हरेराम साहलाई नियुक्त गरेको छ ।
देशभरीको बजारमा मासिक टर्नओभर करोडभन्दा माथि भएको बताइएको छ । कम्पनीले बुधबार आइबस ग्लोबल लाइफ इन्टरनेश्नल प्रा.लि को वेवसाइटमा नया निर्देशकको रुपमा हरेराम साह भएको पोस्ट सहित प्रकाशित गरिएको छ ।
शाह व्यवसायलाई बजार वृद्धि, अन्तर्राष्ट्रिय बजार विस्तार, नयाँ थप ब्राण्ड बिल्डिङ, व्यवसायको कार्यगत क्षमताको विस्तार, संस्थागत विकास र टिम बिल्डिङका लागि अनुभवी मानिन्छन् ।
व्यवसायिक करियर अन्तर्गत उनले ख्याति प्राप्त कन्जुमर यस आइबस ग्लोबल लाइफ इन्टरनेश्नल प्रा.लिले बजारमा आफ्नो ब्राण्डको नाम हुँदा हुँदै थप उद्देश्यका साथ अगाडि बढ्ने नव निर्देशक साहले बताए।
साहले यस आइबसको साझेदार हुन पाउँदा उत्साहित भएको भनाइ राखे। ‘गुणस्तर र नवप्रवर्धनका सवालमा सदैव अग्रणी रहँदै आएको यो कम्पनीसँग आफ्नो यात्रा अगाडि बढाउन पाउँदा म निकै उत्साहित छु,’ उनले भने। कम्पनीले आफ्नो परम्परागत विरासतलाई कायम राख्दै खाद्य पदार्थ क्षेत्रमा नवप्रवर्तन भित्र्याउने उद्देश्य लिएको जानकारी दिए