MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

मधेशटप by मधेशटप
२०८१ चैत्र १८, मंगलवार १५:३८
0
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

काठमाडौँ: लामो समयदेखि ‘लिभिङ टुगेदर’ मा रहँदै आएका ओली सरकारका एक मन्त्रीले घरमा बिमार श्रीमती रश्मी हुँदाहुँदै प्रेमिकासँगको सम्बन्धलाई वैध बनाएका छन्।

पूर्वसांसदसमेत रहेकी निर्जला राउतलाई श्रममन्त्री शरदसिंह भण्डारीले विधिवत् पत्नीको दर्जा दिएर मन्त्रालयकै लेटरहेडमा सिफारिस गरेको भेटिएपछि खोजी–नीति गर्दै जाँदा प्रमाण भेटिएको हो ।

मन्त्रीको कान्छी पत्नी बनेकी निर्जला डिभोर्सी हुन्। भारतीय मूलका अमेरिकी नागरिक कृष्णनसँग केही वर्षअघि नै सम्बन्धविच्छेद गरेर नेपाल फर्किएकी उनीसँगै भण्डारी लामो समयदेखि लिभिङ टुगेदरको सम्बन्धमा भैंसेपाटीमा रहँदै आएका थिए। उनीहरूले केही अघि मात्र महोत्तरीको एउटा स्थानीय तहबाट विवाह दर्ता गरेको बुझिएको छ।

निर्जलाको पूर्व पतिबाट दुई छोरी छन्, उनीहरूले थर पनि राउत नभई कृष्णन् नै लेख्छन्। ती अमेरिकामै छन्, दुवै छोरीले स्नातकोत्तर तहको अध्ययन सिध्याइसकेका छन्। निर्जला मधेस आन्दोलन ०६३ देखि नेपालमै बस्न थालेकी हुन्।

नागरिकताअनुसार सिरहा जिल्ला, बस्तीपुर– २ पक्कीटोलकी बासिन्दा हुन् र अस्थायी रूपमा ललितपुरको भैंसेपाटीमा बस्दै आएकी छन्।

जुन दिनदेखि निर्जला भित्रिइन्, त्यहीँबाट कांग्रेसको राजनीति त्यागेर शरद्सिंह निरन्तर मधेसकेन्द्रित राजनीतिमा सक्रिय छन्।

पञ्चायतदेखि गणतन्त्र कालसम्म दल फेरेर मन्त्री बन्दै आएका उनले ०४६ पछि बल्ल कांग्रेसको राजनीति थालेका हुन्।

भण्डारीले यसबीच गर्लफ्रेण्ड निर्जलालाई दुई पटक सांसद बनाइसके। ०६४ मा उपेन्द्र यादवले रेणु यादवलाई उकास्दा निर्जला सांसद बन्न सकेकी थिइनन् तर ०७० को दोस्रो संविधानसभा हुँदै ०७४ को प्रतिनिधिसभामा समानुपातिक सांसद नै भेट्टाइन्।

निर्जलाले पूर्व पतिसँग डिभोर्स गरेर शरदसिंहसँग वैवाहिक नाता जोडे पनि शरद्ले भने पहिलो पत्नीसँग सम्बन्ध तोडेका छैनन्।

पत्नी रश्मी हात्तीपाइले रोगबाट दुई दशकदेखि लडिरहेकी छन्। स्याहार सुसार चाहिने बेला भण्डारी पत्नीको ख्याल नगरी कान्छीसँग रमाइरहेकै थिए। अहिले उनैलाई कान्छी बनाएका हुन्।

समाचार स्रोतका अनुसार, महोत्तरीको औरही नगरपालिकाका मेयर नातामा निर्जलाकी बहिनी–ज्वाइँ हुन्। त्यही सम्बन्धलाई प्रयोग गरेर सोही नगरपालिकाको वडाबाट निर्जला र शरदसिंहले विवाह दर्ताको प्रमाणपत्र बनाएको बुझिएको छ।

जेठी पत्नीबाट शरदसिंहका तीन छोरी छन्, जेठी रास्वपा सांसद विराजभक्त श्रेष्ठलाई दिइएको छ भने माइली अष्ट्रेलिया बस्छिन् । कान्छीले केही महिनाअगाडि मात्र विवाह गरेकी हुन्।

१९ औं पटक मन्त्री बनेर रेकर्ड राखेका भण्डारी र निर्जलाको संयुक्त लगानीमा बर्दिबासमा होटल र हस्पिटल व्यवसायदेखि जलविद्युत् परियोजनासम्म रहेको छ। पछिल्लो समय छायाँ मन्त्रीको रूपमा उनै निर्जलाको दवदवा रहेको श्रम मन्त्रालय स्रोतले जनाएको छ।

हालै मात्र विभिन्न मुलुकमा श्रम सहचारी र श्रम काउन्सिलर नियुक्ति गर्दा निर्जला हावी भएको भन्दै असन्तुष्टि व्याप्त छ। पहिलो पत्नीसँग डिभोर्स नगरी कान्छी भिœयाएका शरदसिंहलाई जो कसैले जिल्ला प्रशासन, सरकारी वकिल तथा अदालतमा मुद्दा चलाएको खण्डमा लाग्ने कानुनका जानकारहरूले प्रतिक्रिया दिएका छन्। यो सामग्री जनआस्थाबाट साभार गरिएको हो।

Previous Post

आइबसको निर्देशकमा साह नियुक्त

Next Post

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०८१ चैत्र १८, मंगलवार १५:३८
रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०८१ चैत्र १८, मंगलवार १५:३८
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०८१ चैत्र १८, मंगलवार १५:३८
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०८१ चैत्र १८, मंगलवार १५:३८
बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ
समाचार

बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ

२०८१ चैत्र १८, मंगलवार १५:३८
कास्की पुगे रवि लामिछाने
राजनीति

कास्की पुगे रवि लामिछाने

२०८१ चैत्र १८, मंगलवार १५:३८

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति