जनकपुरधाम । ढल्केबरमा २१२ औं भानु जयन्तीको अवसरमा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।

मिथिला साहित्य प्रतिष्ठान धनुषाको आयोजनामा तथा मिथिला नगरपालिकाको सहयोगमा शनिबार ढल्केबरमा रचना वाचन कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष बीपिराज दाहालले गर्नुभयो भने प्रमुख अतिथि मिथिला नगरपालिका नगर प्रमुख महेन्द्र महतो रहनुभएको थियो ।

साहित्यिक माहोलमा सम्पन्न उक्त कार्यक्रममा भारतको सीतामढीबाट आएका जनवादी कवि तथा गजलकार मोहम्मद कमुरुद्दिन नादाफको विशेष उपस्थितिले कार्यक्रमलाई थप प्रभावशाली बनाएको थियो। साथै धनुषा र महोत्तरी जिल्लाका दुई दर्जनभन्दा बढी स्रष्टाहरूले कविता, गजल र मुक्तक वाचन गरी आफ्नो सिर्जनात्मक प्रतिभा प्रस्तुत गरेका थिए ।