सिन्धुली : मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुली दुधौली नगरपालिका- ५ मा यात्रुबाहक बस दुर्घटना भएको छ ।

काठमाडौँबाट काकडभिट्टातर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ९४२२ नम्बरको बस सोमबार बिहान साँढे चार बजे आफैं अनियन्त्रित भई दुर्घटना भएको हो।

दुर्घटनामा बसमा सवार १७ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये १० जनाको अवस्था मध्यम छ भने बाँकी सामान्य प्रहरीले जनाएको छ । घाइतेको उदयपुरस्थित कटारी अस्पताल र सिन्धुलीको दुधौली नगरपालिका ४ स्थित सिर्थौली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता सूर्य प्रकाश सुवेदीले जानकारी दिए । घाइतेलाई प्रहरी र स्थानीयले उद्धार गरेका थिए।

दुर्घटनापछि बस घटनास्थलमै रहेको छ। बस सडकबाट झण्डै २२ फिट तल खसेको प्रहरीले जनाएको छ ।