जनकपुरधाम । प्रदेश नम्बर २ की आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुवी कर्णले आफूले मन्त्रालयबाट गाडी नपाएको गुनासो गरेकी छन्।

शुक्रबार विज्ञप्ति जारी गर्दै राज्यमन्त्री कर्णले प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चामन्त्री भरत साह र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई जानकारी गराउँदा पनि आफ्नो समस्याको सुनुवाई नभएको गुनासो गरेकी हुन्।

गएको २ साउनमा राज्यमन्त्री नियुक्त कर्णलाई मन्त्रालयले ज.१ झ ४४३ नम्बरको गाडी दिएको थियो। त्यो गाडी बिग्रिएपछि आफूले मन्त्री साहसँग अर्को गाडी मागेको तर नपाएपछि यही मंसिर १३ गतेदेखि सार्वजनिक गाडी प्रयोग गर्न बाध्य भएको कर्णको भनाइ छ।

हेरौँ विज्ञप्ति