काठमाडौँ । सर्वसाधारणले कोरोना खोपप्रति चासो बढाएका छन् ।

कोभिड-१९ को नयाँ भेरियन्ट ओमीक्रोन भाइरसको त्रास बढ्न थालेपछि सर्वसाधारणले कोरोना खोपप्रति चासो बढाएका छन् । खोप अभियान सुरु हुँदा कोरोना खोप लगाउन उपस्थित नै नहुने सर्वसाधारणले कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएपछि तीव्र चासो बढाएका हुन् ।

खोप लगाएर रोगबाट बच्न सकिन्छ भन्ने अविश्वासकै कारण चलाइएको विभिन्न खोप अभियानमा सर्वसाधारणको उत्साहजनक उपस्थिति देखिएको थिएन । तर, पछिल्लो समय खोप प्रतिको आकर्षण बढेको हो । कतिपय धार्मिक र सांस्कृतिक मान्यताका कारण पनि चलाइएका छैठौं खोप अभियानसम्म आइपुग्दा ५० प्रतिशत जनसंख्याले कोरोना खोप लगाएका छैनन् ।

‘खेतीपातीमा काम गर्दागर्दै कोरोना खोप लगाउन जान नै पाइएन । अहिले फेरि यहीँ कोरोनाको नयाँ भेरियन्ट आएको छ रे ? अब जसरी पनि लगाउँछु,’ एक स्थानियले बतएका छन् ।