सप्तरी । देशमा थप २ सय ६५ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

पछिल्लो चौबीस घण्टामा थप २ सय ६५ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा ८ हजार ६ सय १७ जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो । योसंगै कुल संक्रमितको संख्या ८ लाख २२ हजार ८ सय ३० जना पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा ३ सय ५७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख ४ हजार ९ सय १ जना संक्रमणमुक्त भएका छन् ।